भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

फाइल फोटो
नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पदक जितेका हुन् । साथै नेपालले एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ । नेशनल कराँते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् ।

उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई हराएको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिनुभयो । यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा नेपालका सोनिम मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जितेका छन् । उनले भारतीय खेलाडी सायक कमाकरलाई हराएका हुन् ।

यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गरिन् । पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन् । अरु विभिन्न प्रतिस्पर्धामा नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago