नेपाल टेलिकमद्वारा रिश्मीमा रहेको मोवाइल टावर स्तरोन्नती ।

थम्मन थापा बागलुङ असाेज १५ । नेपाल टेलिकमले गलकोट नगरपालिका वडा नं ९ देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति गरेको छ ।
टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल डाटा सहजै उपलब्ध गराउने उद्देश्यले आज देखि तेस्रो पुस्ताको थ्रीजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिनुभयो । टेलिकमले भ्वाइस र डाटालाई थप प्रभावकारी बनाउन पहिले सञ्चालनमा रहेको उक्त टावरमा थप सेवा विस्तार गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । गलकोट नगरपालिका वडा नं ८ काँडेबास बजार, बिरकोट, राजबगर, पचुवा, झारमौर, वडा नं ९ छिस, रिश्मी, बडागाउँ र मध्यपहाडी लोकमार्ग लाई लक्षित गरी सेवा विस्तार गरिएको उहाँको भनाइ छ । टेलिकमले उक्त क्षेत्रमा केही समय पहिले सेवा विस्तार गरेको थियो । पहिले कुराकानी गर्न समस्या थियो अहिले उक्त समस्याको समाधान गरी मोवाइल डाटा लाई समेत थप गरी इन्टरनेट प्रयोगकर्तालाई सेवा उपलब्ध गराइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । निकट भविष्यमा टेलिकमले उक्त स्थानमा २० मीटर अग्लो टावर निर्माण गर्ने भएको छ । अग्लो टावर निर्माण भएपछि चौथो पुस्ताको फोर जी सेवा समेत थप गर्ने टेलिकमले बताएको छ । फोर जी सेवा सञ्चालनमा आएपछि मोवाइल डाटा मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताले उच्च गतिको इन्टरनेट सेवा प्राप्त गर्ने छन् । टेलिकमले छिट्टै काँडेबासको उचाका, ताराखोलाको अर्गल र नरेठाँटीको थाना डाँडामा रहेको नमस्ते मोवाइलको टावर स्तरोन्नती गर्न योजना निर्माण गरी गृह कार्य गरिरहेको छ । अहिले देशभर टेलिकमले फोर जी सेवालाई तीव्र रुपमा विस्तार गरिरहेको छ । जिल्लाका अधिकांश स्थानमा नेपाल टेलिकमले तीव्र गतिको इन्टरनेट सेवा थ्री जी र फोर जी सेवा विस्तार गरी सञ्चालनमा ल्याइसकेको छ ।
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago