नेपाल टेलिकमद्वारा रिश्मीमा रहेको मोवाइल टावर स्तरोन्नती ।

थम्मन थापा बागलुङ असाेज १५ । नेपाल टेलिकमले गलकोट नगरपालिका वडा नं ९ देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति गरेको छ ।
टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल डाटा सहजै उपलब्ध गराउने उद्देश्यले आज देखि तेस्रो पुस्ताको थ्रीजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिनुभयो । टेलिकमले भ्वाइस र डाटालाई थप प्रभावकारी बनाउन पहिले सञ्चालनमा रहेको उक्त टावरमा थप सेवा विस्तार गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । गलकोट नगरपालिका वडा नं ८ काँडेबास बजार, बिरकोट, राजबगर, पचुवा, झारमौर, वडा नं ९ छिस, रिश्मी, बडागाउँ र मध्यपहाडी लोकमार्ग लाई लक्षित गरी सेवा विस्तार गरिएको उहाँको भनाइ छ । टेलिकमले उक्त क्षेत्रमा केही समय पहिले सेवा विस्तार गरेको थियो । पहिले कुराकानी गर्न समस्या थियो अहिले उक्त समस्याको समाधान गरी मोवाइल डाटा लाई समेत थप गरी इन्टरनेट प्रयोगकर्तालाई सेवा उपलब्ध गराइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । निकट भविष्यमा टेलिकमले उक्त स्थानमा २० मीटर अग्लो टावर निर्माण गर्ने भएको छ । अग्लो टावर निर्माण भएपछि चौथो पुस्ताको फोर जी सेवा समेत थप गर्ने टेलिकमले बताएको छ । फोर जी सेवा सञ्चालनमा आएपछि मोवाइल डाटा मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताले उच्च गतिको इन्टरनेट सेवा प्राप्त गर्ने छन् । टेलिकमले छिट्टै काँडेबासको उचाका, ताराखोलाको अर्गल र नरेठाँटीको थाना डाँडामा रहेको नमस्ते मोवाइलको टावर स्तरोन्नती गर्न योजना निर्माण गरी गृह कार्य गरिरहेको छ । अहिले देशभर टेलिकमले फोर जी सेवालाई तीव्र रुपमा विस्तार गरिरहेको छ । जिल्लाका अधिकांश स्थानमा नेपाल टेलिकमले तीव्र गतिको इन्टरनेट सेवा थ्री जी र फोर जी सेवा विस्तार गरी सञ्चालनमा ल्याइसकेको छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago