काठमाडौँ, १५ असोज ।आज (बिहीबार) रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा गजुर राखिएकाे छ ।२०७२ काे विनाशकारी भूकम्पले ध्वस्त बनाएकाे रानीपाेखरी पुनर्निर्माण अन्तिम चरणमा पुग्दै गर्दा आज रानीपोखरीको बीच भागमा रहेकाे बालगोपालेश्वर मन्दिरमा गजुर राखिएकाे हाे । धार्मिक विधिअनुसार पूजा गरी गजुर स्थापना गरिएको हो ।
रानीपाेखरी पुनर्निर्माणकाे काम अहिले धमाधाम चलिरहेकाे छ । पाेखरीमा पानी पनि जमाइसकिएकाे छ । २०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यो वर्षको वैशाख १२ गते नै उद्घाटन गर्ने भनिएको थियो तर विभिन्न विवादका कारण पुनर्निर्माणमा ढिलासुस्ती हुँदा यो हुन सकेन । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ । निर्माण पुरा भएपछि उद्घाटन पनि राष्ट्रपतिबाटै गराउने याेजना छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…