रानीपोखरीको मन्दिरमा राखियो गजुर

काठमाडौँ, १५ असोज आज (बिहीबार) रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा गजुर राखिएकाे छ ।२०७२ काे विनाशकारी भूकम्पले ध्वस्त बनाएकाे रानीपाेखरी पुनर्निर्माण अन्तिम चरणमा पुग्दै गर्दा आज रानीपोखरीको बीच भागमा रहेकाे बालगोपालेश्वर मन्दिरमा गजुर राखिएकाे हाे । धार्मिक विधिअनुसार पूजा गरी गजुर स्थापना गरिएको हो ।

फाइल फोटो

रानीपाेखरी पुनर्निर्माणकाे काम अहिले धमाधाम चलिरहेकाे छ । पाेखरीमा पानी पनि जमाइसकिएकाे छ । २०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यो वर्षको वैशाख १२ गते नै उद्घाटन गर्ने भनिएको थियो तर विभिन्न विवादका कारण पुनर्निर्माणमा ढिलासुस्ती हुँदा यो हुन सकेन । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ । निर्माण पुरा भएपछि उद्घाटन पनि राष्ट्रपतिबाटै गराउने याेजना छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago