कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

कुवेत । कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गर्नु भएको छ ।

FILE PHOTO

सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उहाँ ९१ वर्षका हुनुहुन्थ्यो कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उहाँका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ । तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ । स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बन्नु भएको थियो । त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर हुनुहुन्थ्यो । 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago