प्रदेश-५ मा हात धुने अभियान

बुटवल, १५ असोज प्रदेश ५ को सरकारले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि १ महिने हात धुने अभियान संचालन गरेको छ ।
फाइल फोटो

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सावुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात धुनु एक महत्वपुर्ण उपाय भएकोले प्रदेश सरकारले असोज १३ गतेदेखि एक महिनासम्म नियमित हात धुने अभियान संचालन गर्ने घोषणा गरेको हो ।

अभियान शुरु भएपछि सावुन पानीले नियमित रुपमा हात धुने बानीमा बृद्धि भएको र हाल प्रदेशमा ९० प्रतिशतले नियमित रुपले हात धुने गरेको भौतिक पुर्वाधार बिकास मन्त्रालयले जनाएको छ । अभियानले प्रदेशमा शतप्रतिशत मानिसमा नियमित सावुन पानीले हात धुने बानी बसाल्ने अपेक्षा गरिएको प्रदेश सरकारका प्रबक्ता एवं भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताए ।

कोरोना संक्रमण आफुलाई लाग्न र अरुलाई सर्नवाट जोगाउन प्रभावकारी स्वास्थ्य सुरक्षाको एक प्रमुख माध्यम सावुन पानीले नियमित हात धुनु नै भएकोले यसलाई सवैले ध्यान दिन र व्यवहारमा लागु गर्न मन्त्री चौधरीले आह्वान गरेका छन् ।

प्रदेशका ७ हजार मानिसमा गरिएको फोन सर्वे अनुसार कोरोनाको महामारीपछि नियमित रुपमा हात धुनेको संख्या बढेको युनिसेफले जनाएको छ ।प्रदेश सरकारले गत वर्ष प्रदेशमा खानेपानी आयोजनाका लागि ३ अर्ब ८५ करोड रुपैया विनियोजन गरी काम गरेको मन्त्रालयका ईन्जिनियर ध्रुवकुमार धितालले बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago