इजरायलसँग कृषि र श्रम सम्झौता

काठमाडौँ, १५ असोज नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ । सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ । इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा सो हस्ताक्षर भएको हो । नेपालका तर्फबाट हस्ताक्षर गर्न यही असोज ११ गते बसेको मन्त्रिपरिषद्ले सहमति दिएको थियो । विश्वका सयभन्दा बढी मुलुकका विज्ञलाई तालीम र सीप विकासको तालीमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै सो विषयमा निरन्तर पहल गरेको र सफलता प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरिएको जानकारी दिनुभयो । बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो । यससँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ । यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago