यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान

भरतपुर, १५ असोज । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ ।

फाइल फोटो

भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन÷तीन उडान भर्ने तालिका बनाएका छन्, यात्रुको सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ ।” यति एयरलायन्सले दुई मात्र उडान भर्ने जनाएको छ । भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान शुरु भएको थियो । शुरुमा दैनिक चार उडान भएको थियो । “यात्रुको चाप बढ्नु राम्रो सङ्केत हो”, कुँवरले भन्नुभयो, “अहिलेको स्थिति यथावत रहिरहे दशैँसम्म पुरानै अवस्थामा आन्तरिक उडान फर्कंने छ ।” बुद्धएयर भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले यात्रुको चाप बढेपछि बुधबारदेखि एउटा उडान थपिएको बताउनुभयो । “जहाजमा यात्रुको सङ्ख्या भरिभराउ नै छ”, उहाँले भन्नुभयो, “कोभिडसम्बन्धी सबै सावधानी अपनाएर उडान भरिरहेका छौँ ।” बुद्धको भरतपुर पोखरा उडान भने तत्काल सञ्चालनमा नआउने उहाँले जानकारी दिनुभयो । यती एयर भरतपुरका स्टेसन इञ्चार्ज अनुप ढकालले जहाज ३० सिट क्षमताको भए पनि स्वास्थ्य सुरक्षा मापदण्डको हिसाबले २० देखि २५ जनामात्रै उडाउने गरेको बताउनुभयो । काठमाडौँबाट आउनेभन्दा पनि जाने यात्रुको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । “उडान हामीले सोचेभन्दा राम्रो छ”, उहाँले भन्नुभयो, “पारिवारिक सदस्यलाई मात्र सँगै बस्न दिएका छौँ, अन्यलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरेका छौँ ।” छ महिनासम्म उडान नहुँदा चितवनको पर्यटन क्षेत्र बढी प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक १३ वटासम्म उडान हुने गरेको थियो । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago