यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान

भरतपुर, १५ असोज । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ ।

फाइल फोटो

भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन÷तीन उडान भर्ने तालिका बनाएका छन्, यात्रुको सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ ।” यति एयरलायन्सले दुई मात्र उडान भर्ने जनाएको छ । भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान शुरु भएको थियो । शुरुमा दैनिक चार उडान भएको थियो । “यात्रुको चाप बढ्नु राम्रो सङ्केत हो”, कुँवरले भन्नुभयो, “अहिलेको स्थिति यथावत रहिरहे दशैँसम्म पुरानै अवस्थामा आन्तरिक उडान फर्कंने छ ।” बुद्धएयर भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले यात्रुको चाप बढेपछि बुधबारदेखि एउटा उडान थपिएको बताउनुभयो । “जहाजमा यात्रुको सङ्ख्या भरिभराउ नै छ”, उहाँले भन्नुभयो, “कोभिडसम्बन्धी सबै सावधानी अपनाएर उडान भरिरहेका छौँ ।” बुद्धको भरतपुर पोखरा उडान भने तत्काल सञ्चालनमा नआउने उहाँले जानकारी दिनुभयो । यती एयर भरतपुरका स्टेसन इञ्चार्ज अनुप ढकालले जहाज ३० सिट क्षमताको भए पनि स्वास्थ्य सुरक्षा मापदण्डको हिसाबले २० देखि २५ जनामात्रै उडाउने गरेको बताउनुभयो । काठमाडौँबाट आउनेभन्दा पनि जाने यात्रुको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । “उडान हामीले सोचेभन्दा राम्रो छ”, उहाँले भन्नुभयो, “पारिवारिक सदस्यलाई मात्र सँगै बस्न दिएका छौँ, अन्यलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरेका छौँ ।” छ महिनासम्म उडान नहुँदा चितवनको पर्यटन क्षेत्र बढी प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक १३ वटासम्म उडान हुने गरेको थियो । 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago