काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताएका छन् ।
इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको बताएका छन् ।
सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बर्धन गर्ने नीति लिएको बताउँदै उनले सन्देशमा भनेका छन् , “नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौं । ”
सन्देशमा अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी रहेको उल्लेख गर्दै उनले सबल राष्ट्रिय एकताको यो सांस्कृतिक आधारशिला नेपालीका लागि गौरवको विषय भएको जनाएका छन् ।
सन्देशमा उनले कोभिड–१९ महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वान गर्दै महामारीबाट सुरक्षित भई राष्ट्रको समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…