अपाङगतामैत्री ट्याक्सी सञ्चालन गरिदै ।

काठमाडौं ।  ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ ।

महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय सम्झौता गरी अपाङ्गता भएका व्यक्तिलाई हिँडडुलमा सहज पुर्याउन उक्त ट्याक्सी प्रयोगमा ल्याउन लागेको हो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गरी उनीहरुको हितमा हाललाई एउटा ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउन लागेको बताए । उनले भने, “अन्य किसिमको सवारी साधनमा अपाङ्गता भएका व्यक्तिलाई यात्रा गर्न धेरै असहज भइरहेको हुँदा हामीले एउटा क्याब महानगरपालिकाभित्र प्रयोगमा ल्याउन लागेका हौं ।” यस ट्याक्सीमा ह्विलचेयरसहित चढ्न सकिने महर्जनको भनाइ छ ।

सो ट्याक्सीमा चारवटा ह्विलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुको सहयोगीसमेत अट्ने क्षमताको रहेको छ । महानगरपालिकाले यसको सञ्चालनका लागि आवश्यक चालक, तेल, ट्याक्सी मर्मत र सवारी करको खर्च सबै आफैंले तिर्ने बताइएको छ ।
स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले यसलाई कसरी र कहाँ सञ्चालन गर्ने भन्ने कुराको निर्णय गर्नेछ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सो क्याब खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख र केन्द्र इरुका जापानले रु १५ लाख खर्च गर्ने सम्झौता गरेको जानकारी दिए। उनले भने, “सम्भवतः यो मुलुकमा भित्रिएको पहिलो तथा नमूना किसिमको ट्याक्सी हुनेछ ।”

उनका अनुसार सम्झौतापत्रमा प्रमुख महर्र्जनसहित केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनसहित अधिकृत कोइराला, केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठ र महासचिव कृष्ण गौतमको उपस्थिति थियो । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago