एटिएमबाट महिनामा ४ लाख रुपैयाँमात्रै निकाल्न पाउने ।

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले डेविट कार्डको माध्यमबाट एक महिनामा ४ लाख रुपैयाँमात्रै निकाल्न मिल्ने व्यवस्था गरेको छ।

विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोक्ने क्रममा राष्ट्र बैंकले डेविट कार्डमार्फत एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा एक लाख रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था गरेको हो।

सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइदैन। तर ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म रकम झिक्न पाउने राष्ट्र बैंकले जनाएको छ। 

ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत् सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्दा उपयुक्त अधिकतम सीमाले बाधा नगर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। कुनै पनि सामान खरिद गरेपछि एटिएम कार्डमार्फत् भुक्तानी गरेमा जति पनि पाउने छन्। 

बैंक तथा वित्तीय सस्थाले प्रिपेड कार्ड जारी गर्दा प्रतिग्राहक एक लाख र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले अधिकतम २५ हजार रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन्। 

राष्ट्र बैंकले मोबाइल बैंकिङको अधिकतम सीमा प्रति दिन एक लाख रुपैयाँ र प्रति महिना १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ। इन्टरनेटमार्फत् हुने मर्चेन्ट भुक्तानीको सीमा प्रति दिन १० लाख रुपैयाँसम्म र प्रति महिना ३० लाख रुपैयाँसम्म पाइनेछ। साथै इन्टरनेटमार्फत् बैंक खातामा ट्रान्सफर गर्दा प्रति दिन १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्म पाउने छन्। 

वालेटको माध्यममार्फत् गरिने भुक्तानीमा पनि राष्ट्र बैंकले सीमा तोकेको छ। एजेन्ट वा सवएजेन्टमार्फत् वालेटमा भुक्तानी गर्दा एक दिनमा २५ हजार रुपैयाँसम्म र मासिक एक लाख रुपैयाँसम्म मात्रै पाइनेछ। 

बैंक खाता तथा एक वालेटबाट अर्को वालेटमा फण्ड पठाउदा एक पटकमा २५ हजार रुपैयाँसम्म पाइनेछ। त्यस्तै एक दिनमा एक लाख रुपैयाँसम्म र एक महिनामा ५ लाख रुपैयाँसम्म पाइनेछ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago