एटिएमबाट महिनामा ४ लाख रुपैयाँमात्रै निकाल्न पाउने ।

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले डेविट कार्डको माध्यमबाट एक महिनामा ४ लाख रुपैयाँमात्रै निकाल्न मिल्ने व्यवस्था गरेको छ।

विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोक्ने क्रममा राष्ट्र बैंकले डेविट कार्डमार्फत एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा एक लाख रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था गरेको हो।

सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइदैन। तर ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म रकम झिक्न पाउने राष्ट्र बैंकले जनाएको छ। 

ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत् सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्दा उपयुक्त अधिकतम सीमाले बाधा नगर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। कुनै पनि सामान खरिद गरेपछि एटिएम कार्डमार्फत् भुक्तानी गरेमा जति पनि पाउने छन्। 

बैंक तथा वित्तीय सस्थाले प्रिपेड कार्ड जारी गर्दा प्रतिग्राहक एक लाख र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले अधिकतम २५ हजार रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन्। 

राष्ट्र बैंकले मोबाइल बैंकिङको अधिकतम सीमा प्रति दिन एक लाख रुपैयाँ र प्रति महिना १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ। इन्टरनेटमार्फत् हुने मर्चेन्ट भुक्तानीको सीमा प्रति दिन १० लाख रुपैयाँसम्म र प्रति महिना ३० लाख रुपैयाँसम्म पाइनेछ। साथै इन्टरनेटमार्फत् बैंक खातामा ट्रान्सफर गर्दा प्रति दिन १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्म पाउने छन्। 

वालेटको माध्यममार्फत् गरिने भुक्तानीमा पनि राष्ट्र बैंकले सीमा तोकेको छ। एजेन्ट वा सवएजेन्टमार्फत् वालेटमा भुक्तानी गर्दा एक दिनमा २५ हजार रुपैयाँसम्म र मासिक एक लाख रुपैयाँसम्म मात्रै पाइनेछ। 

बैंक खाता तथा एक वालेटबाट अर्को वालेटमा फण्ड पठाउदा एक पटकमा २५ हजार रुपैयाँसम्म पाइनेछ। त्यस्तै एक दिनमा एक लाख रुपैयाँसम्म र एक महिनामा ५ लाख रुपैयाँसम्म पाइनेछ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago