पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन वुटवल सडक खण्डका बिभिन्न स्थानहरुमा पहिरो जाने क्रम रोकिएको छैन । अविरल वर्षाका कारण पहिरो गई सडक समेत भासिएको छ । सडक नै भासिनेगरि पहिरो गएपछी साना सवारीसाधन एकतर्फी रुपमा संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सुचना जारी गर्दै
जोखिम बढेकोले सवारी साधनको आवागमनमा कठिनाई उत्पन्न भएको जनाएको छ । पहिरो युक्त स्थानमा प्राविधिक टोलीबाट विकल्पको खोजीसहित सडक सुचारु गर्ने प्रयास समेत भै रहेको प्रशासनले जनाएको छ ।
“भासिएको सडकमा सवारी साधनको आवागम जोखिमपूर्ण भएको अवस्थामा साना सवारी साधनलाई अवस्था हेरी एकतर्फी संचालन गरिएको छ । नागरिकको सुरक्षाको कारणले हाललाई ठुला सबारी साधनहरुको आवागमन नगर्नु हुन अनुरोध गरिन्छ” प्रशासनको सुचनामा उल्लेख छ ।
दिनहुुँजसो अबरुद्ध भैरहने सिद्धार्थ राजमार्ग को बुटवल पाल्पा सडक खण्डको गौडेपुल देखि तल्लो सिद्धबाबा मन्दिर सम्म दर्जन भन्दा धेरै स्थानमा ढुङ्गासहितको पहिरो खस्दा राजमार्गमा यात्रा निकै कष्टपुर्ण बनेको छ ।
पाल्पा प्रशासनले राजमार्गमा यात्रा गर्न जोखिम बढेकाले पाल्पा – बुटवल सडक खण्डमा रातको ८ देखि बिहान ६ बजे सम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…