जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै आइतबारबाट अत्यावश्यक कामबाहेक कोही पनि नागरिक भेला हुन वा घरबाट बाहिर निस्कन नपाउने भनेको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले शुक्रबार सूचना जारी गर्दै आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर  निषेधाज्ञा जारी गरिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ’ सूचनामा भनिएको छ।

त्यस्तै अत्यावश्यक सेवाका लागि दैनिक प्रयोग हुने सवारी जस्तै विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधि, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिने छ।साथै भारतसँग जोडिएका सीमा नाकाहरूमा आवतजावत पूर्ण रूपमा बन्द गर्ने भनिएको छ।निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु(विवाह, व्रतवन्ध, भोजभतेर) गर्न प्रतिवन्ध लगाइएको छ । यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।

औषधि पसल २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा विहान १० बजेदेखि मात्र बिक्री गर्न पाउने उनले जारी दिए ।

उद्योगी व्यवसायीहरुले कलकारखाना सञ्चालन गर्दा कामदारलाई आफ्नो उद्योग, कलकारखाना परिसर भित्रको होस्टल तथा क्वाटरमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago