जापानमा कोरोना संक्रमण दिनानुदिन बढ्दो ,एकैदिन १,५८० जना संक्रमित

टोकियो- जापान, शुक्रवार जापानभर कोरोना संक्रमण हालसम्मकै उच्च देखिएको छ । शुक्रवार राती १२ बजेसम्मको डाटा अनुसार जापानभर पहिलो पटक एकैदिन १,५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा केहिदिन यता हरेक दिन संक्रमण उच्च  हुँदै आएको छ ।

संक्रमण पुष्टि अनुसार शुक्रवार टोकियोमा ४६३ जना,ओसाकामा २१६ जना, आईची केनमा १९३ जना,फुकुओका केनमा १७० जना,ह्योगो केनमा ६२ जना, ओकिनवा केनमा ७१ जना,साईतामा केनमा ५७ जना,खानागावा केनमा ५३ जना,चिबा केनमा ३५ जना,क्योउतोमा २९ जना,होक्काईदोमा १५ जना,आओमोरी केनमा १ जना,मियागी केनमा २ जना,यामागाता केनमा १ जना, फुकुसिमा केनमा २ जना,ईबाराकी केनमा १४ जना,तोचिगी केनमा ४ जना,गुन्मा केनमा ३ जना,निईगाता केनमा ८ जना,ईसिखावा केनमा १ जना,फुकुई केनमा २ जना,यामानाशी केनमा ३ जना,नागानो केनमा २ जना,गिफु केनमा १९ जना,सिजुओका केनमा २० जना,मिए केनमा १० जना,सिगा केनमा ३ जना,नारा केनमा ७ जना,वाखायामा केनमा ८ जना,तोत्तोरी केनमा ४ जना,ओखायामा केनमा ३ जना,हिरोसिमा केनमा १९ जना,तोकुसिमा केनमा १ जना,सागा केनमा ७ जना,नागासाकी केनमा ८ जना,कुमामोतो केनमा १८ जना,ओईता केनमा २ जना,मियाजाकी केनमा २० जना,खागेसिमा केनमा १६ जना र एयरपोर्ट क्वारेन्टाईनमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जापानमा हालसम्म ३७ हजार १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये २५ हजार ५ सय ८८ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १ हजार २४ जनाले ज्यान गुमाएका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago