कतारबाट आज र भोली चार्टर्ड विमान मार्फत नेपाली स्वदेश फर्किदै छन् ।

कतार । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज बुधबार पहिलो चरणको छैटौं चार्टर्ड उडानमा नेपाल एयरलाइन्सको RA २३९२ मार्फत १४५ जना र सातऔं पटकको  उडानमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको H ९५६३२ उडानमार्फत् कतारबाट १५४ सय जना गरि जम्मा २९९ जना नेपाली स्वदेश फर्केका छन् ।

कतारस्थित नेपाली दूतावासका अनुसार छैटौं चरणको नेपाल एयरलाइन्सको उडानमार्फत् २ जना महिला र १ सय ४३ जना पुरुष रहेका छन् ,त्यसैगरि सातौ चरणको हिमालय एयरलाइन्सको उडानमा ६ जना महिला र १ सय ४८ जना पुरूस पनि आजै नेपाल फर्किएका छन् ।

सोहि उडानमा कोरोना भाइरसका कारण मृत्यु भएका १ जना नेपालीको शव पनि नेपाल पठाईएको दूतावास स्रोतले बताए।

दूतावासको प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई चार्टर्ड उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यस्तै अर्को चार्टर्ड उडान भोलि बिहिवार नेपाल एयरलाइनको हुने छ भने गत जुन २०, २८, २९ र ३० को उडानका लागि दूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले उक्त एयरलाइन्सको आधिकारिक ट्राभल एजेन्सीमा थयाशिघ्र सम्पर्क गरि टिकेट लिन दूतावासले आग्रह गरेको छ । साथै, एह्तराज एप प्रयोग नल्याएको व्यक्तिले उडान गर्न नसक्ने हुनाले सम्बन्धित सबैले आफ्नो मोबाईलमा एह्तेरज एप अनिवार्य रुपमा डाउनलोड गरी प्रयोगमा ल्याउन समेत दूतावासले अनुरोध छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago