पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि कुल संख्या ५ पुग्यो

पाल्पा । आइतबार पहिलो पटक तिन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन । उनीहरु निस्दी गाउँपालिकाका हुन । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणबाट उनिहरुमा संक्रमण पुष्टि भएको हो । उनिहरु संगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ५ पुगेको छ ।
सोमबार पुष्टि भएकाहरु निस्दी गाउपालिकका १७ र ३६ वर्षका पुरुष भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार उनिहरु दुबैजना गत हप्ता हप्ता भारत बाट पाल्पा भित्रिएका हुन ।
संक्रमण देखिएकाहरुको थप उपचारका लागी सदरमुकाम तानसेनमा रहेको आईसोलेसनमा ल्याउने तयारी भईरहेको छ । उनिहरुको सम्पर्कमा रहेकाहरुको समेत कन्ट्रयाक ट्रेसिङ्ग गरी खोजी शुरु गरिएको छ ।
यस अघि रैनादेवी छहराका ३८ र ४० वर्षका पुरुष र माथागढी गाउँपालिका १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनिहरु सदरमुकाम तानसेनको आइसोलेसन अस्पतालमा उपचाररत रहेका छन ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago