पाल्पा । आइतबार पहिलो पटक तिन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन । उनीहरु निस्दी गाउँपालिकाका हुन । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणबाट उनिहरुमा संक्रमण पुष्टि भएको हो । उनिहरु संगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ५ पुगेको छ ।
सोमबार पुष्टि भएकाहरु निस्दी गाउपालिकका १७ र ३६ वर्षका पुरुष भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार उनिहरु दुबैजना गत हप्ता हप्ता भारत बाट पाल्पा भित्रिएका हुन ।
संक्रमण देखिएकाहरुको थप उपचारका लागी सदरमुकाम तानसेनमा रहेको आईसोलेसनमा ल्याउने तयारी भईरहेको छ । उनिहरुको सम्पर्कमा रहेकाहरुको समेत कन्ट्रयाक ट्रेसिङ्ग गरी खोजी शुरु गरिएको छ ।
यस अघि रैनादेवी छहराका ३८ र ४० वर्षका पुरुष र माथागढी गाउँपालिका १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनिहरु सदरमुकाम तानसेनको आइसोलेसन अस्पतालमा उपचाररत रहेका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…