रुपन्देही । भैरहवास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएका छन । भीम अस्पतालमा भर्ना भएका उनिहरु निको भई डिस्चार्ज भएर घर फर्केका हुन । डिस्चार्ज हुनेहरुमा बालबालिका सहित २२ पुरुष र तीनजना महिला छन् ।
रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् । कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका भिम अस्पतालले जनाएको छ ।
प्रदेश सरकारले कोरोना विशेष अस्थायी अस्पतालका रुपमा परिवर्तन गरेको भीम अस्पतालमा १४ दिन आइसोलेसनमा बसेपछि पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि उनिहरुलाई घर पठाइएको अस्पतालले जनाएको छ । प्रदेश ५ मा यसअघि ३५ जना बिरामीले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…