अमेरिकाकामा हत्याको विषयलाई लिएर हिंसा भड्किएकोछ , ४० शहरमा कर्फ्यू ।

एक्सेन्सी । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा गृहयुद्धको जस्तो अवस्था सिर्जना भएको छ ।एक अश्वेत व्यक्ति जर्ज फ्लोयडलाई पुलिस कस्टडीमा भएको हत्याको विषयलाई लिएर भड्किएको हिंसा ह्वाईट हाउससम्म पुगेको छ । आईतवार ढुङ्गामुढा भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित बंकरमा लगिएको छ । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी समेत अमेरिकाका ४० शहरमा कर्फ्यू लगाईएको छ ।

आईतवार राती प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिकका विभिन्न ठाउँमा आगो लगाएका छन् । ह्वाईट हाउसकधो आसपासमा स्थित ऐतिहासिक सेन्ट जोन एपिस्कोपल चर्चमा पनि प्रदर्शनकारीहरुले आगो लगाएका हुन् ।अमेरिकाको मिनेपोलिसमा एक अश्वेत व्यक्तिलाई पुलिस हिरासतमा मृत्यु भएको थियो । पुलिसले उक्त अश्वेत व्यक्तिलाई मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अश्वेतको मृत्युपछि मिनेपोलिस सहित अमेरिकाका ४० शहरमा हिँसा भड्किएको छ ।

हिंसाले उग्ररुप लिएसँगै ४० वटा शहरमा कर्फ्यू लगाइएको छ । वाशिंगटनमा ठूलो संख्यामा एकत्रित भएका प्रदर्शनकारीहरुले ह्वाइट हाउसको बाहिर नाराबाजी गरिरहेका छन् ।प्रदर्शनकारीहरुले प्लाष्टिकका बोतलमा पानीभरेर पुलिसकर्मीहरुलाई  हिर्काईरहेका छन् । पुलिसले स्थिती नियन्त्रण गर्नका लागि अश्रु ग्याँसको प्रयोग गरेको छ । साथै प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिक रहेको शेवरलेटका गाडीहरुमा आगो लगाईदिएका छन् ।

उक्त गाडीहरु पुलिस तथा विशेष सेवाका लागि अधिकारीहरुले प्रयोग गर्ने गर्दथे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार १४ सय भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मिनेपोलिसमा २६ मेको दिन जर्ज फ्लोयड नामका एक व्यक्तिलाई पुलिसले धोका दिएको आरोपमा गिरफ्तार गरेको थियो ।

एक पुलिस अफिसरले सडकमा आफ्नो घुँडाले उनको घाँटीमा करिव ८ मिनेटसम्म थिचेका थिए । जसका कारण उनको मृत्यु भएको थियो । त्यसपछि उक्त भिडियो भाइरल बन्यो । भिडियोमा ४० वर्षका जर्जले अफिसरसँग नमार्न आग्रह गरिरहेको देखिन्छ । अमेरिकाका मिनीपोलिसमा उक्त श्वेत पुलिस अधिकारीलाई शुक्रवार गिरफ्तार गरिएको छ ।

उसलाई थर्ड डिग्री हत्या र मानव हत्याको अरोप लागेको छ । फ्लोयडको मृत्यु पछि अमेरिकामा हिंसात्मक प्रदर्शन भईरहेको छ ।एजेन्सीको सहयोगमा

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago