अमेरिकाकामा हत्याको विषयलाई लिएर हिंसा भड्किएकोछ , ४० शहरमा कर्फ्यू ।

एक्सेन्सी । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा गृहयुद्धको जस्तो अवस्था सिर्जना भएको छ ।एक अश्वेत व्यक्ति जर्ज फ्लोयडलाई पुलिस कस्टडीमा भएको हत्याको विषयलाई लिएर भड्किएको हिंसा ह्वाईट हाउससम्म पुगेको छ । आईतवार ढुङ्गामुढा भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित बंकरमा लगिएको छ । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी समेत अमेरिकाका ४० शहरमा कर्फ्यू लगाईएको छ ।

आईतवार राती प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिकका विभिन्न ठाउँमा आगो लगाएका छन् । ह्वाईट हाउसकधो आसपासमा स्थित ऐतिहासिक सेन्ट जोन एपिस्कोपल चर्चमा पनि प्रदर्शनकारीहरुले आगो लगाएका हुन् ।अमेरिकाको मिनेपोलिसमा एक अश्वेत व्यक्तिलाई पुलिस हिरासतमा मृत्यु भएको थियो । पुलिसले उक्त अश्वेत व्यक्तिलाई मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अश्वेतको मृत्युपछि मिनेपोलिस सहित अमेरिकाका ४० शहरमा हिँसा भड्किएको छ ।

हिंसाले उग्ररुप लिएसँगै ४० वटा शहरमा कर्फ्यू लगाइएको छ । वाशिंगटनमा ठूलो संख्यामा एकत्रित भएका प्रदर्शनकारीहरुले ह्वाइट हाउसको बाहिर नाराबाजी गरिरहेका छन् ।प्रदर्शनकारीहरुले प्लाष्टिकका बोतलमा पानीभरेर पुलिसकर्मीहरुलाई  हिर्काईरहेका छन् । पुलिसले स्थिती नियन्त्रण गर्नका लागि अश्रु ग्याँसको प्रयोग गरेको छ । साथै प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिक रहेको शेवरलेटका गाडीहरुमा आगो लगाईदिएका छन् ।

उक्त गाडीहरु पुलिस तथा विशेष सेवाका लागि अधिकारीहरुले प्रयोग गर्ने गर्दथे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार १४ सय भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मिनेपोलिसमा २६ मेको दिन जर्ज फ्लोयड नामका एक व्यक्तिलाई पुलिसले धोका दिएको आरोपमा गिरफ्तार गरेको थियो ।

एक पुलिस अफिसरले सडकमा आफ्नो घुँडाले उनको घाँटीमा करिव ८ मिनेटसम्म थिचेका थिए । जसका कारण उनको मृत्यु भएको थियो । त्यसपछि उक्त भिडियो भाइरल बन्यो । भिडियोमा ४० वर्षका जर्जले अफिसरसँग नमार्न आग्रह गरिरहेको देखिन्छ । अमेरिकाका मिनीपोलिसमा उक्त श्वेत पुलिस अधिकारीलाई शुक्रवार गिरफ्तार गरिएको छ ।

उसलाई थर्ड डिग्री हत्या र मानव हत्याको अरोप लागेको छ । फ्लोयडको मृत्यु पछि अमेरिकामा हिंसात्मक प्रदर्शन भईरहेको छ ।एजेन्सीको सहयोगमा

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago