नेपाली महिला हरूको महान पर्व तीज जापानको साइतामा केनमा

मनसुनको सुरुवात भएसंगै असार १५ बाट नेपाली समुदायमा चाडपर्वको ढोका खुलेको छ भन्दा फरक नपर्ला तिनै पर्व असार १५, साउन १ गते संक्रान्ति  र साउन १५ गतेलाई विदाई गरेको छोटो अन्तराल मै हिन्दु नेपाली दिदि-बहिनी हरुको महान पर्व हरितालिका तीजले पाइला टेकिसकेको छ ।

२०७२ सालमा गएको ठुलो भुकम्प जसले अनाहकमा हजारौ नेपाली दाजुभाई , दिदि बहिनी तथा आमा बुवाहरुलाई सधैको लागि टाढा बनायो सो कालो दिनको छाप २०७६ सालमा पनि केहि हदसम्म नउभ्रिएको देखियो । जसको असर नेपाली हिन्दु महिलाहरुको विशिष्ठ पर्व तीज मा पनि केही हदसम्म देख्न पाइयो ।

जापानको साइतामा केनमा वसोवास गर्दै आईरहनु भएका वहु सङ्ख्यक नेपाली महिला दिदि बहिनी तथा आमाहरुको महान पर्व तीजलाई ध्यानमा राखी ” अशोका इन्टरनेशनल कम्पनीले आयोजना गरेको २०७६ सालको दर एवम् नाचगान कार्यक्रम सभ्य अनि भव्य रुपमा सफल भएको कुरा कार्यक्रम का संयोजका रुपमा रहनु भएका कुल प्रसाद न्यौपाने, पदम ढकाल र गौरब गोपालीया बताउनुहुन्छ । स्याङजा जापान नेपालका वरिष्ठ उपाध्यक्ष ध्रुव ज्ञवाली आफु महिला दिदि बहिनी हरुको महान पर्वमा सरिक हुन पाउँदा खुसीको ठेकाना नरहेको बताउनु हुन्छ । कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथिहरु सुर्य खड्का ( गायक) भीम अर्याल ( गायक तथा सर्जक ) ईश्वर घर्ती ( गायक) र सोना कार्की ( गायिका तथा मोडल ) हरुको आवाजले कार्यक्रममा थप रौनकता ल्याएको थियो ।

उक्त दिन बाबुको मुख हेर्नै दिन परेकाले होला सायद विदेशी भुमिमा आफ्ना जन्म दिने आमाबुवा बाट टाढा रहनु पर्दाको नैराश्यता लाई समेत खुसीमा परिणत गराई दिएको उक्त कार्यक्रमा सहज रुपमा देख्न सकिन्थ्यो । कार्यक्रममा सहभागी वहिनी समिक्षा पौडेल भन्नुहुन्छ : म आज धेरै खुसी छु , लामो समय सम्म भेटघाट हुन नपाएका साथिहरु सँग भेट गर्ने मौका पाएकी छु । यसैगरि उक्त कार्यक्रममै सहभागी मन्जु,शान्ती र संतोषी  आफ्ना खुट्टाहरु चाहेर पनि रोक्न नसकेको र धेरै समय पछि यसरी नाचेको कुरा बताउनुहुन्छ ।

आधुनिकता संगै पाश्चात्य संस्कृतिलाई पनि महत्व दिदै गएको नेपाली समाजमा देशका युवाहरुले संस्कृती लाई थोरै पृथक ढङ्गले मनाएतापनि आफ्नो कला संस्कृतिलाई नर्विसिएको देख्दा हामी पनि कृतज्ञ भयौ ।

हरितालिका तिजको भिडीयो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहुन अनुरोध गर्दछौ |
https://youtu.be/1URrtAMCe8w

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago