नेपाली महिला हरूको महान पर्व तीज जापानको साइतामा केनमा

मनसुनको सुरुवात भएसंगै असार १५ बाट नेपाली समुदायमा चाडपर्वको ढोका खुलेको छ भन्दा फरक नपर्ला तिनै पर्व असार १५, साउन १ गते संक्रान्ति  र साउन १५ गतेलाई विदाई गरेको छोटो अन्तराल मै हिन्दु नेपाली दिदि-बहिनी हरुको महान पर्व हरितालिका तीजले पाइला टेकिसकेको छ ।

२०७२ सालमा गएको ठुलो भुकम्प जसले अनाहकमा हजारौ नेपाली दाजुभाई , दिदि बहिनी तथा आमा बुवाहरुलाई सधैको लागि टाढा बनायो सो कालो दिनको छाप २०७६ सालमा पनि केहि हदसम्म नउभ्रिएको देखियो । जसको असर नेपाली हिन्दु महिलाहरुको विशिष्ठ पर्व तीज मा पनि केही हदसम्म देख्न पाइयो ।

जापानको साइतामा केनमा वसोवास गर्दै आईरहनु भएका वहु सङ्ख्यक नेपाली महिला दिदि बहिनी तथा आमाहरुको महान पर्व तीजलाई ध्यानमा राखी ” अशोका इन्टरनेशनल कम्पनीले आयोजना गरेको २०७६ सालको दर एवम् नाचगान कार्यक्रम सभ्य अनि भव्य रुपमा सफल भएको कुरा कार्यक्रम का संयोजका रुपमा रहनु भएका कुल प्रसाद न्यौपाने, पदम ढकाल र गौरब गोपालीया बताउनुहुन्छ । स्याङजा जापान नेपालका वरिष्ठ उपाध्यक्ष ध्रुव ज्ञवाली आफु महिला दिदि बहिनी हरुको महान पर्वमा सरिक हुन पाउँदा खुसीको ठेकाना नरहेको बताउनु हुन्छ । कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथिहरु सुर्य खड्का ( गायक) भीम अर्याल ( गायक तथा सर्जक ) ईश्वर घर्ती ( गायक) र सोना कार्की ( गायिका तथा मोडल ) हरुको आवाजले कार्यक्रममा थप रौनकता ल्याएको थियो ।

उक्त दिन बाबुको मुख हेर्नै दिन परेकाले होला सायद विदेशी भुमिमा आफ्ना जन्म दिने आमाबुवा बाट टाढा रहनु पर्दाको नैराश्यता लाई समेत खुसीमा परिणत गराई दिएको उक्त कार्यक्रमा सहज रुपमा देख्न सकिन्थ्यो । कार्यक्रममा सहभागी वहिनी समिक्षा पौडेल भन्नुहुन्छ : म आज धेरै खुसी छु , लामो समय सम्म भेटघाट हुन नपाएका साथिहरु सँग भेट गर्ने मौका पाएकी छु । यसैगरि उक्त कार्यक्रममै सहभागी मन्जु,शान्ती र संतोषी  आफ्ना खुट्टाहरु चाहेर पनि रोक्न नसकेको र धेरै समय पछि यसरी नाचेको कुरा बताउनुहुन्छ ।

आधुनिकता संगै पाश्चात्य संस्कृतिलाई पनि महत्व दिदै गएको नेपाली समाजमा देशका युवाहरुले संस्कृती लाई थोरै पृथक ढङ्गले मनाएतापनि आफ्नो कला संस्कृतिलाई नर्विसिएको देख्दा हामी पनि कृतज्ञ भयौ ।

हरितालिका तिजको भिडीयो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहुन अनुरोध गर्दछौ |
https://youtu.be/1URrtAMCe8w

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago