टोकियोमा भिजिट नेपाल २०२० सफल गराउन अन्तकिर्या कार्यक्रम सम्पन्न ।

टोकियो, जापान । जापानको  टोकियोमा जापान नेपाल फ्रेन्सिप सोसाइटीको आयोजनामा जापानि संघ सस्था र नेपालि समुदाय बिच अन्तकिर्या कार्यक्रम सम्पन्न भएको छ ।  

कार्यक्रममा बोल्दै संघिय संसदको सदस्य जिप छिरिङ लामाले नेपालको गरिमा बढाउने भिजिट वर्ष २०२० सफल बनाउन सबैलाई अनुरोध गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै भ्रमण वर्ष २०२० का सदस्य सचिब  बच्चुनारायण  श्रेष्ठले भिजिट नेपाल २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने उदेश्यका लिएको र २० लाख पर्यटक भित्राउदा देशको सबै क्षेत्रलाई आर्थिक संचार गराउने योजना बनाउदै अधिकतम प्रचार प्रसार गर्न सबैलाई हातेमालो गर्न आब्हान गर्नुभयो । उहॉले सकारात्मक सन्देश जाने काम र सुचान प्रवाहगरी भ्रमण बर्ष २०२० सफल बनाउन अनुरोध गर्नुभयो ।

NRNA ICC निबर्तमान अध्यक्ष भबन  भट्टले नेपालको आर्थिक बिकाश गर्ने महत्वपुर्ण  माध्यम बनाउदै अधिकतम पर्यटक भित्राउनु पर्ने र क्वालीटी पर्यटक भन्दापनि सक्दो धेरै पर्यटक भित्राउने र भारत को पर्यटक भित्राउने तरिकाको उदाहरण दिदै १ दिन बस्ने लाई केही रकम भिजा को रकम लिने १ महिना बस्नेलाई भिजा रकम नलिदा पर्यटकको नेपालमा बसाई बढी बस्न सक्ने बताउनुभयो । 

भिजिट नेपाल २०२० कार्यक्रम संयोजक विस्मभर घिमिरेले कार्यक्रमको बारेमा प्रकाश पार्दै कार्यक्रम आयोजना गरी जापानबासिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सहयोग पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरेकोमा आभार ब्यक्त गर्दै कार्यक्रममा आएका सुझावहरुलाई पर्यटन मन्त्री सहित भ्रमण वर्ष सचिवलयलाई प्रदान गरिने जानकारी दिनुहुदै, भ्रमण वर्षमा भौतिक सुधार गरिने, सम्बन्धित ब्यक्तिहरुको पनि ब्यबहारमा सुधार गरी भिजिट बर्ष २०२० सफल गराउन लागि पर्ने बताउनु भयो । उहॉले भ्रमण बर्ष सफल बनाउन सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो । 

कार्यक्रम औपचारिक रुपमा सोसाइटीका कर्पु शेर्पाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सोसाइटी का अध्यक्ष तादासी यामागिसीको अध्यक्षतमा सम्पन्न भएको हो । कार्यक्रममा नेपालबाट प्रतिनिधि सभा सदस्य जिप छिरिङ लामा , NRNA आईसिसिका निबर्तमान अध्यक्ष भबन भट्ट, NRNA जापानका अध्यक्ष देबिलाल भण्डारी , पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले , भिजिट नेपाल २०२० का सदस्य सचिब बच्चुनारायण श्रेष्ठ भिजिट नेपाल २०२० का कार्यक्रम संयोजक बिशम्बर घिमिरे , यामनाशी एन्विरोन्मेन्तल काउन्सिलका हिरोमी इशिओका, पत्रकार विश्वास आचार्य, नेकपा जापानका नेताहरु सिद्धार्थ श्रेष्ठ, बाबुराम भन्डारी, राजेन्द्र श्रेष्ठ, एनआरएन जापानका सदसिय सुरेश गिरी, ऑपचौर सेवा समितिका अध्यक्ष महेन्द्र  अधिकारी, दोलाख समाजका अध्यक्ष नवराज थापा,  एनआरएन कान्तोका भिम न्यौपाने, लगाएतको उपस्थित रहेको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago