नेसाजले क्यूसु क्षेत्रीय कमिटि गठन गर्दै शुभ दिपावलिको शुभकामना आदानप्रदानकार्यक्रम सम्पन्न गरेकोछ ।

टोकियो अक्टोबर ३० , विश्वास आचार्य । नेपाल र नेपालीको कला संस्कृति को जगेर्ना गर्दै नेपाली विद्यार्थी  समाज जापान (नेसाज) ले भ्रमण वर्ष २०२० सफल पार्न नेपाली मौलिक कला संस्कृतिबारे विदेशी नागरिकलाई जानकारी गराऊने उदेश्यले दिपावलीमा शुभकामना आदानप्रदानकार्यक्रम क्यूसु क्षेत्रीय कमिटि समेत गठन गरी कार्यक्रम सम्पन्न गरेकोछ । 

कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष बिकाश अधिकारिको सभापति कुमामोतो बिश्वबिधालयका सहप्रध्यापक डा.हरी देवकोटा को प्रमुख अतिथि ,समाज सेवी एवं कोतो कलेज का शिक्षक राजु गैरे को बिशेष आतिथ्यता मा शुभकामना आदानप्रदानकार्यक्रम सहित सुदीप पाण्डे को अध्यक्षतामा २९ सदस्यीय  क्यूसु क्षेत्रीय कमिटि समेत गठन गरीको छ । 

कार्यक्रममा अध्यन का क्षेत्रमा योगदान पूर्याउनू हुने कुमामोतो बिश्वबिधालयका सह प्राध्याप डा.हरी देवकोटा कोतो कलेज का शिक्षक राजू गैरे , क्यूसु अटोमोबाइल टेकनिकल कलेज प्रमुख किमुरा यसैगरी यस क्षेत्रमा नेपाली लाई समस्या पर्दा समस्या समाधान मा सहयोग गर्दै आउनूहुने प्रेम दाहाल,लगाएतलाई सम्मान समेत गरीएको थियो । कार्यक्रम सन्चालन प्रकाश गुरुङ ले गरेका थिय भने स् दामोदर वस्ती स्वागत मन्तब्य तथा संस्था बारे जानकारी गराएका थिय ।  

कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नूहुने नेसाजका क्षेत्रिय उपाध्यक्ष दामोदर वस्ती र बिकाश अधिकारी र ब्यवस्थापन मा सहयोग गर्नू हुने महासचिव अजय राना लगाएत सम्पूर्ण मा नेसाज अध्यक्ष कृष्ण प्रसाद भुसाल हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रम बारेमा हामीलाई जानकारी गराए ।  

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago