दृष्‍टिबिहिन कृतिकार डाक्टर लामिछानेको ”अन्तर्दृष्टी” पुस्तकको बिमोचन ।

तोकियो । टोकियो विश्वविद्यालय जापानबाट विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्‍टिबिहिन डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न  भएको छ ।  

    गैर आवासिय नेपाली संघ जापान र अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा एक दर्जन जती संघ संस्थाहरु सह अायोजकका रुपमा रहेका थिए   

      चुकुबा विश्वविद्यालय जापानमा सह-प्रध्यापकको रुपमा कार्यरत कृतिकार लामिछानेको पुस्तक गत शनिबार नेपाल बिमोचन भएको थियो । 

      कार्यक्रममा बोल्दै कृतिकार लामिछानेले पुस्तक आफ्नो जीवन भोगाइलाई समेटिएर लेखिएको एक आत्मकथा भएको बताउँदै   उँहाले आत्मकथा कठोर सत्यहरु माथिको निर्मम लेखेन रहेकोले आफ्ना जीवनका हरेक पाटाहरुलाई सरल रुपमा पुस्तकमा उतारेको बताउनुभएको थियो ।

      समाजमा अपांगता भएका ब्यक्तिहरुप्रती हेर्ने र  गर्ने ब्यवहार केही सुधार हुनुपर्दछ भन्ने कारणले पनि पुस्तक लेखेको जानकारी गराउनुभएको  थियो ।  

       जापान अनुभवलाई पुस्तकमा आफुले तिस प्रतिशत जती स्थान दिएकोले बिदेशको तयारीमा रहेका जो कोहिले पनि यो पुस्तक केही उपयोगी रहेकोले एक पटक अध्ययन गर्न आग्रह पनि गर्नुभएको छ ।  

    १५ बर्ष देखी जापानमा रहनुभएका कृतिकारले  अपांगता भएकाहरुको हौसला बढाउने मात्र होइन, सपांग व्यक्तिलाई पनि अपांगताबारे बुझाउने काम गरिरहेको बताउनुभएको  थियो ।  

       अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठकले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने साहित्यकार तथा अनेसास जापानका पुर्व अध्यक्ष बेलुकाजी थापाले पुस्तक समिक्षा गर्नुभएको थियो ।भने एनआरएनए अाईसिसी सदस्य महेश श्रेष्ठले आलोचनात्मक समिक्षा गर्नुभएको थियो ।  

       जापानस्थित नेपालि राजदुतावासका उपनियाेगप्रमुख कृष्णचन्द्र अर्यालले नेपालीहरु बिदेशमा आधारभुत आवश्यकताका बिषयमा समेत गम्भिर नहुँदा हरेक क्षेत्रबाट निराश भैरहँदा केही गर्वगर्न लायक ब्यक्तित्वहरुले देशको साख कायम गरिरहेको कुरा बताउँनु भएको थियो ।  

भने जापानकालागी नेपाली राजदुत प्रतिभा राणाले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउँदै कृतिकारलाई हस्तान्तरण गरिएको थियो ।  

      कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले , गैर आवासिय नेपाली संघका प्रवक्ता भुषण घिमिरे तथा सदस्य ओम गुरुङ् लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।  

     साहित्यकारहरु गिरिजा गैरे भुवन रोका र दीपा घिमिरेले साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो ।  

    कार्यक्रम गैर आवासिय नेपाली संघ जापानका महासचिब बुद्धिराज घिमिरेको संचालन बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीको धन्यवाद मन्तब्य र अध्यक्ष टासि वाङ्दी लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago