अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल दोश्रो। ।

काठमान्डौ ।  भारतको मुम्बईमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा  १७ स्वर्ण सहित ३५ पदक प्राप्त गर्दै नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ।

जनवरी २७ तारिखदेखि सोमबारसम्म भएको च्याम्पियनसिपमा १७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी ३५ पदकसहित नेपाल दोस्रो भएको टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिए। उक्त च्याम्पियनसिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण हात पारे।

समीर डल्लाकोटीले फाइटतर्फको जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए। समीर पुम्सेतर्फ फाइनलको यात्रा तय गरेता पनि रजत पदकमै सीमित भए। त्यसैगरी, समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए।

फाइट वेट तर्फ नेपालको १५ वर्षीय जिप्सन नेपालले राष्ट्रको लागि स्वर्ण दिलाउन सफल भएभने सोहि क्याटगोरीमा नेपाल सहित राजेशकुमार तामाङ र इमरान नजिर सेखले पनि स्वर्ण जित्न सफल भएका छन । 

सुपृका गुरुङ र हेमन गुरुङले दुवै विधामा रजत र कांस्य जित्न सफल भए। पुम्सेमा युनिशा दराईले रजत, फाइटमा आयुशा श्रेष्ठ, महेशकुमार शाहले रजत पदक र प्रीति गुरुङले कांस्य पदक प्राप्त गरे।

त्यस्तै, मेलिना गुरुङ मगर, दीपनारायण चौधरी र जाहिद उल्लाले फाइटतर्फ कांस्य पदक जित्न सफल भए। नेपाली टिमको मुख्य प्रशिक्षकमा रोशन खान, सहायक प्रशिक्षकमा धनबहादुर दराई, अफिसियलमा किशोर गुरुङ र कृष्णप्रसाद सिलवाल छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago