अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल दोश्रो। ।

काठमान्डौ ।  भारतको मुम्बईमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा  १७ स्वर्ण सहित ३५ पदक प्राप्त गर्दै नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ।

जनवरी २७ तारिखदेखि सोमबारसम्म भएको च्याम्पियनसिपमा १७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी ३५ पदकसहित नेपाल दोस्रो भएको टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिए। उक्त च्याम्पियनसिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण हात पारे।

समीर डल्लाकोटीले फाइटतर्फको जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए। समीर पुम्सेतर्फ फाइनलको यात्रा तय गरेता पनि रजत पदकमै सीमित भए। त्यसैगरी, समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए।

फाइट वेट तर्फ नेपालको १५ वर्षीय जिप्सन नेपालले राष्ट्रको लागि स्वर्ण दिलाउन सफल भएभने सोहि क्याटगोरीमा नेपाल सहित राजेशकुमार तामाङ र इमरान नजिर सेखले पनि स्वर्ण जित्न सफल भएका छन । 

सुपृका गुरुङ र हेमन गुरुङले दुवै विधामा रजत र कांस्य जित्न सफल भए। पुम्सेमा युनिशा दराईले रजत, फाइटमा आयुशा श्रेष्ठ, महेशकुमार शाहले रजत पदक र प्रीति गुरुङले कांस्य पदक प्राप्त गरे।

त्यस्तै, मेलिना गुरुङ मगर, दीपनारायण चौधरी र जाहिद उल्लाले फाइटतर्फ कांस्य पदक जित्न सफल भए। नेपाली टिमको मुख्य प्रशिक्षकमा रोशन खान, सहायक प्रशिक्षकमा धनबहादुर दराई, अफिसियलमा किशोर गुरुङ र कृष्णप्रसाद सिलवाल छन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago