सीमाभन्दा ठूलो प्रधानमन्त्री पद होइन : ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि झुटा आरो प लगाउने नेताहरुलाई जवाफ फर्काएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रियताको सवालमा सोचेर बोल्न आग्रह गरेका छन् ।

‘हिजो पनि एक जना विद्धान पण्डितको वक्तव्य मैले सुनें । अलिक तर्कपूर्ण ढंगले … यो राष्ट्रको समस्या हो । अहिले म प्रधनामन्त्री छु मलाई ब्लेम गर्ने विषय अर्थात मसँगको भनाभनको जुहारीको या मलाई होच्याउने विषय मात्र होइन होला ’, देउवा र बाबुरामको नामै नलिइ उनले भने, ‘राष्ट्रको भूमि सम्बन्धी राष्ट्रको समस्या हो । यो गम्भीर विषयमा नेताहरुले गम्भीरताका साथ बोल्ने गर्नुपर्छ ।

प्रधानमन्त्री ओलीले नेताहरुले तौलका साथ बोल्नु वाच्छनिय हुने प्रतिक्रिया दिए । ‘बाबुरामजी र शेरबहादुरजीलाई तौलका साथ बोल्न आग्रह गर्न चाहान्छु,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भारतसँग सीमा विवादका विषयमा कुरा उठाउँदा सरकार गिर्छ भने तयार रहेको बताएका छन् । ‘अघिल्लोपटक त म पनि गिरकै हो नि । सरकारबाट मलाई पनि ढालिएकै होनि !’, प्रधानमन्त्रीले भने, ‘नाका ब न्दीको विरोधमा बोलें हुँला । उत्तरबाट पनि ट्रान्सपोर्ट ट्रान्जिट खोलें हुँला । नयाँ उचाइमा नेपाललाई लाने काम गरे हुँला । यस्तै कारण त होलान सरकार ढल्नुका । ढल्छ सरकार । तर, राष्ट्रिय हितको मूल्यमा सरकार ढल्छ कि ढल्दैन । राष्ट्रको सीमाको विषयमा बोल्दा म सरकारमा रहन्छु कि रहँदिन भन्ने कुराले कुनै अर्थ राख्दैन ।’ प्रधानमन्त्री ओलीले आफूले सीमा जोगाउनुपर्छ कि सरकार जोगाउनुपर्छ भन्दै प्रश्न गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago