राजदुतावास प्रति नेपाली समुदायको असन्तुष्टि , NRNA नागोया क्षेत्रिय समिति चयन ।

टोकोयो , विश्वाश , जुलाई २८ । एनआरएनए नागोया क्षेत्रिय समितिको सातौं अधिवेशनले सर्वसहमतीका साथ  समिति चयन गरेको छ । सहमतिमा समिति गठन गर्नका लागि निवर्तमान  कार्य समिति , नागोयामा रहेका आईसिसि सदस्यहरु , एशिया प्यासिफिकका सहसंयोजक  , निर्वाचन कमिटि एवं नागोयाका एनआरएनए  अभियानकर्मिहरु को उल्लेखनिय भूमिका रहेको थियो। 

अधिवेशनले संयोजकमा श्याम शितल सहित सबै १२ सदस्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो । रिक्त ७ सदस्य पछि मनोनित गर्नेगरि अधिवेशनले हालको लागि १२ सदस्यीय कार्यसमिति चयन गरेको हो। दुई बर्षे कार्यकाल सन् २०१९-२१ को लागि अधिवेशनले उप-संयोजकमा राम थापा र महिला उप-संयोजक सिता कोइरालालाई चयन गरेको छ । यसैगरि सचिबमा योमन देवान चुनिंदा सह-सचिबमा राम कुमार थापा सर्वसम्मत  भएका हुन्। कोषाध्यक्ष गंगा घर्ति मगर र सह-कोषाध्यक्षमा यम बहादुर पाइजालाई चयन गरेको छ ।

जस अनुसार सदस्यमा रामकृष्ण अधिकारी, गोबिन्द प्रसाद कंडेल, दामोदर सापकोटा र मनोज बम मल्ल सर्वसम्मत रुपमा चयन  भएको हो। भेलामा  धेरैले जापानमा रहेको  नेपाली राजदुतावास प्रति असन्तोष व्यक्त गरेका थिए। दुतावासले आवश्यक  कामले फोन गर्दा फोन नउठाउने धेरैको गुनासो थियो। साथै नागोयामा भएको नेपाल फेस्टिवलको क्रममा राजदुत लगाएत राजदुतावास कर्मचारीहरुलाई नागोया आउदा यति धेरै खर्च गर्न नहुने आवाज उठेको थियो। 

कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पारसमणी पोख्रेल, एसिया प्यासिफिक निवर्तमान उप-संयोजक गोविन्द श्रेष्ठ, आईसिसि सदस्य दिनेश गुरुगं, केशर गिरी, डिलाराम खरेल , एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, उपाध्यक्ष शिव प्रसाद पौडेल, महासचिव बुद्धिराज घिमिरे, महिला संयोजक सविता श्रेष्ठ, सल्लाहकार सरोज कँडेल, पत्रकार महासंघ जापानका उपाध्यक्ष विनोदकुमार सापकोटा लगाएतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका थिए। 

कार्यकम एनआरएनए नागोयाका संयोजक दिपक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम एशिया प्यासिफिकका सहसंयोजक पारश मणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago