राजदुतावास प्रति नेपाली समुदायको असन्तुष्टि , NRNA नागोया क्षेत्रिय समिति चयन ।

टोकोयो , विश्वाश , जुलाई २८ । एनआरएनए नागोया क्षेत्रिय समितिको सातौं अधिवेशनले सर्वसहमतीका साथ  समिति चयन गरेको छ । सहमतिमा समिति गठन गर्नका लागि निवर्तमान  कार्य समिति , नागोयामा रहेका आईसिसि सदस्यहरु , एशिया प्यासिफिकका सहसंयोजक  , निर्वाचन कमिटि एवं नागोयाका एनआरएनए  अभियानकर्मिहरु को उल्लेखनिय भूमिका रहेको थियो। 

अधिवेशनले संयोजकमा श्याम शितल सहित सबै १२ सदस्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो । रिक्त ७ सदस्य पछि मनोनित गर्नेगरि अधिवेशनले हालको लागि १२ सदस्यीय कार्यसमिति चयन गरेको हो। दुई बर्षे कार्यकाल सन् २०१९-२१ को लागि अधिवेशनले उप-संयोजकमा राम थापा र महिला उप-संयोजक सिता कोइरालालाई चयन गरेको छ । यसैगरि सचिबमा योमन देवान चुनिंदा सह-सचिबमा राम कुमार थापा सर्वसम्मत  भएका हुन्। कोषाध्यक्ष गंगा घर्ति मगर र सह-कोषाध्यक्षमा यम बहादुर पाइजालाई चयन गरेको छ ।

जस अनुसार सदस्यमा रामकृष्ण अधिकारी, गोबिन्द प्रसाद कंडेल, दामोदर सापकोटा र मनोज बम मल्ल सर्वसम्मत रुपमा चयन  भएको हो। भेलामा  धेरैले जापानमा रहेको  नेपाली राजदुतावास प्रति असन्तोष व्यक्त गरेका थिए। दुतावासले आवश्यक  कामले फोन गर्दा फोन नउठाउने धेरैको गुनासो थियो। साथै नागोयामा भएको नेपाल फेस्टिवलको क्रममा राजदुत लगाएत राजदुतावास कर्मचारीहरुलाई नागोया आउदा यति धेरै खर्च गर्न नहुने आवाज उठेको थियो। 

कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पारसमणी पोख्रेल, एसिया प्यासिफिक निवर्तमान उप-संयोजक गोविन्द श्रेष्ठ, आईसिसि सदस्य दिनेश गुरुगं, केशर गिरी, डिलाराम खरेल , एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, उपाध्यक्ष शिव प्रसाद पौडेल, महासचिव बुद्धिराज घिमिरे, महिला संयोजक सविता श्रेष्ठ, सल्लाहकार सरोज कँडेल, पत्रकार महासंघ जापानका उपाध्यक्ष विनोदकुमार सापकोटा लगाएतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका थिए। 

कार्यकम एनआरएनए नागोयाका संयोजक दिपक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम एशिया प्यासिफिकका सहसंयोजक पारश मणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago