टोक्यो । नेपाली चित्रकलामा आफ्नो भविष्य खोज्दै आएका मिलन सापकोटा यति वेला चित्रकला थालेको २ वर्ष मात्र पुगे संगै चित्रकलामा नयाँ बाटो कोर्दैछन ।
सानो उमेरदेखि चित्रकलामा रुची भएपनि उनको चित्रकलाको यात्रा अलिक भिन्न छ । चित्रकला पेशा अंगाल्नु अघि उनले धेरै व्यवसायमा हात हालेको बताए । उनले चित्रकलाको सुरुवात गर्नु अघि विभिन्न व्यवसायमा हात हाले तर हरेक व्यवसायमा उनी असफल रहे । असफलतानै सफलताको संकेत हो भन्ने कुरा बुझेर बच्चामा आफूँले बनाएको तस्बिरले विद्यालयमा शिक्षकहरु बाट पाएको स्याबासी कुरा संझेर उनले चित्रकलालाई निरन्तरता दिए ।
उनले युटुब तथा सामाजिक संजालबाटनै सिकेर यतिबेला उत्कृष्ट चित्रकारहरुको सुचीमा नाम सुरक्षित गराइसकेका छन् । उत्कृष्ट चित्रकारहरुको सुचीमा छुट्टै नाम दर्ता गराउनु उनका लागि चानचुने कुरा थिएन । उनले सुरु सुरुमा बनाएको केही तस्बिरहरु सामान्य मात्र थिए ।
एउटा सामान्य तस्विर बनाउन ८ देखि १२ घन्टा सम्म लाग्ने बताएका उनले स्केच अनुसारको राम्रै पारिश्रमिक पनि पाइरहेका छन् । एउटा मात्र अनुहार भएको स्केच बनाउँदा एक हजार देखि एक हजार पाँच सय सम्म लिने र दुई/ तीन जनाको अनुहार भएको स्केच बनाउँदा तीन हजार देखि पाँच हजार सम्म लिने गरेको उनले बताए । सापकोटाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने आगामी दिनमा पढाई र स्केच दुवैलाई निरन्तरता दिने सोचमा छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…