धादिङ् समाज जापानको नयाँ कार्यसमितिद्वारा संरक्षक,सल्लाहकार तथा मिडिया संयोजक मनोनयन गर्यो,संस्था अझ प्रभावकारी बनाउनेमा जोड

टोकियो । धादिङ् समाज जापानको नयाँ कार्यसमितिको आज बसेको बैठकले मनोनयन गर्न बाँकी रहेका पदहरुमा समाजका लागि महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका विभिन्न व्यक्तित्वरुलाई मनोनीत गरेको छ ।

आईतबार, टोकियोको सिनओकुबो स्थित  सोलमारी हलमा अध्यक्ष कृष्ण खनालको उपस्थितीमा  भएको बैठकले ,संरक्षक मा सफल व्यवसायी  तथा समाजका हरेक गतिविधीहरुमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने केशव अधिकारी लाई मनोनयन गरेको छ । त्यसैगरी सोहि बैठकले ,क्रमस:संस्थाको स्थापना /संरक्षण  तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने,तेज अर्याल, राजेन्द्र श्रेष्ठ , राजकुमार अधिकारी, टिकाराम रिजाल, बाबु काजी भण्डारी,कृष्ण सिम्खडा,रामहरि पुडासैनि , डा होम बहादुर रिजाल, श्याम शितल, डि.पि अर्याल र अनुज थापालाई संस्थाको सल्लाहकारमा मनोनयन गरेको छ । समाजले, स्थापनाकालदेखि संस्थाको समाचार प्रकाशन तथा विविध प्रचार/प्रसार कार्यमा सहयोग पुर्याउँदै आउनुभएका सञ्चार कर्मी राजन गौतमलाई  मिडिया संयोजकमा मनोनयन गरेको महासचिब बिमल श्रेष्ठले जानकारी गराउनुभयो ।

गत, डिसेम्वर २७ तारिखमा भएको तेस्रो अधिवेशनले कृष्ण खनालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो ।  समाज,धादिङ् जिल्लाका विभिन्न स्थानबाट आई, विविध पेशा व्यवसायमा संलग्न धादिङेलीहरुमा प्रवासमा भईपरि आउने समस्याहरुमा सहजिकरण गर्दै, धादिङ्को भौतिक तथा शैक्षिक विकासको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ कृयाशील रहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago