राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले देउसीभैलो कार्यक्रमको तयारी पुरा ।

जापान , अक्टोबर २६ विश्वास । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसर पारेर जापानको दुई ठूला शहरमा बृहत देउसीभैलो कार्यक्रमको तयारी पुरा भएको  बताएको छ |

कलाकार अक्षय कोष स्थापना गर्ने उद्देश्यले प्रतिष्ठानले गर्न लागेको हो । देउसी भैलो कार्यक्रमका लागि नेपाल बाट प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्मा बिशेष अतिथिको रुपमा जापान अाई सकेको र कार्यक्रममा स्थानिय कलाकारहरुको , नेपाली पञ्चेबाजा बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशब पौडेलले जानकारी दिए ।  

प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई शहर मा आउँदो अक्टोबर २७ तारिख आइतबार साँझ ५ बजे देखी नाना हाउस इथिनिक रेष्टुरेण्ट एण्ड बार फुकुओका र २८ तारिख सोमबार ५ बजेदेखी अजिवाई टोकियो रेष्टुरेण्ट टोकियोमा गर्ने कार्यक्रमको सबै कार्यक्रमको तयारी पुराभएको जानकारी दिदै यस देउसी भैलो कार्यक्रममा उपस्थित भैदिनुहुन जापानवासी नेपाली समुदाय, विभिन्न संघ संस्थाहरु, पत्रकार सबैलाई प्रतिष्ठानका अध्यक्ष सुर्य खड्काले अनुरोध गरेकाछन् । 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago