नारायण कोइराला, माघ १२, रुपन्देही ।६७ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरले भैरहवाले सामाजिक उत्तरदायित्व कार्यक्रम समापन गरेको छ ।
कार्यक्रम अन्र्तगत सिद्धार्थनगर १ बेलहियामा स्थित बेलहिया मा.वि.लाई रु. ५०००० र गृहलक्ष्मि आमा समुह बेलहियालाई रु. ३०००० प्रदान गर्नुका साथै विभिन्न बाल तथा बृद्धआश्रममा समेत सहयोग गरिएको छ । सो अवसरमा बोल्दै भैरहवा भन्सार कार्यलयका प्रमुख अधिकृत श्री कमलकुमार भट्राईले संघको कार्यको खुलेर प्रशंसा गरेका छन् । उनेल भन्सार एजेन्ट संघले क्लियरिङ्को कार्यमात्र नगरी समाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा अझ बढी समाजीक कार्यगर्नको लागि शुभकामना समेत दिएका थिए । सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद घिमिरेले संघले बुटवल बेलहिया व्यापारिक मार्गको दुर्व तर्फ र विचको ग्रिनजोनमा विभिन्न प्रजातिका फुलहरु लगाई आर्कषक गराउने समेत जानकारी गराएका थिए । कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष डा. शान्त कुमार शर्मा, राजस्व गुल्मका शशस्त्र प्रहरी नायव उपरिक्षक गोविन्द बहादुर खातिलगाएतको उपस्थिति रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…