NRNA जापानको नयाँ कार्यसमिति र नेपाली राजदुताबास टोकियो बिच शिष्टाचार भेटबार्ता ।

NRNA जापान(२०१९-२०२१) कार्यसमिति र नेपाली राजदुताबास टोकियो बिच सिष्टाचार भेटबार्ता हिजो नेपाली राजदुताबास टोकियोमा सु:सम्पन्न भएको छ।नेपाली राजदुताबास टोकियोको तर्फबाट जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा,उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल लगायत नेपाली राजदुताबास टोकियो परिवार रहेको थियो भने NRNA जापानको तर्फबाट नबनिर्बाचित अध्यक्ष देबीलाल भण्डारीको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष  अनिता गुरुङ्ग लगायत कार्यसमितीका पदाधिकारीहरु तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

पहिलो चरणमा नबनिर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पालै पालो आफ्नो परिचय तथा भनाईहरु राख्ने कार्यक्रम सम्मपन्न भएको थियो भने दोस्रो चरणमा नबनिर्बाचित कार्यसमितिका सम्पुर्णपदाधिकारी तथा सदस्यहरुलाई महामहिम राजदूत प्रतिमा राणाले खादा ओढाएर हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो।

उक्त अबसरमा नबनिर्बाचित अध्यक्ष देबीलाल भण्डारीले सदा झै नेपाली राजदुताबासको साथ र सहयोग रहनेमा आफु बिश्वस्त रहेको र जसमा आफुले  जहिले पनि राजदुताबासको सहकार्यमा जापान स्थित नेपालीका हक़ हितमा काम गर्ने पर्तिबद्दता ब्यक्त गर्नु भएको थियो यसै क्रममा नेपाली दुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले दुताबासबाट प्रकाशितहुने महत्व पुर्ण सुचनाहरु सम्पुर्ण जापानबासि नेपालीहरुमा पुर्याउन सबैले बिशेष पहल गर्नु पर्नेमा जोड़ दिनु भएको थियो।आफ्ना भनाईहरु राख्ने क्रममा महामहिम राजदूत प्रतिभा राणाले NRNA जापान २०१९-२०२१ र्कायकालको टिमले सम्पुर्ण क्षेत्रलाइ समेटेको आफुलाई महसूस भएको कारण काम गर्न धेरै सजिलो हुने भएकोले जापान बासि नेपालीहरुको हितमा काम गर्न अनुरोध गर्नुभएको थियो। त्यसस्तै नेपाल भ्रमण बर्ष २०२० लाइ सफल पार्नु हामी सम्पुर्ण जापानबासि नेपालीहरुको ज़िम्मेवारी भएकोले सम्पुर्ण जापानबासी नेपालीहरुले आफु पनि राजदूतको भुमिकामा रहेर काम गर्नुहुन अनुरोध गर्नु भएको थियो अन्त्यमा आफुले पाएको ज़िम्मेवारी जस्तै जापान नेपाल सिधा हबाई सेबा, उच्च स्तरीय भेंटवार्ता ,नेपालीहरुलाइ रोज़गारी लगायतका धेरै हद सम्म आफुले पाएको ज़िम्मेवारी पुरा गर्न सकेकोमा खुसि ब्यक्त गर्नुभएको थियो।

साथै यहि सेक्टेम्बर २९ तारीक आईतबारको दिन NRNA जापानको आयोजनामा सोलमारी मुराहल टोकियोमा दिउसो १:००-४:०० बजे सम्म माननीय भुमिसुधार ब्ययस्था,कृषि तथा सहकारी मन्त्री डाउन दोर्जे लामा,द्वितीय सचिब डा० योगेन्द्र कुमार कार्की,तीर्तीय सचिब बालकृष्ण घिमीरे,सुरा थपलिया,उसा गिरी लगायत नौ जना ब्यक्तित्बहरुको सहभागितामा कृषि संम्बन्धि अन्तर्कृया कार्यक्रमको आयोजना गरिएकोले जापान स्थित बिभिन्न संघ,संस्था लगायत सम्पूर्ण नेपाली समुदायहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरियकोछ ।  

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago