काठमाडौँ । शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तुतकर्ता रवि लामिछानेले आफुले प्रहरीको अनुसन्धानलाई सघाई रहेको बताएका छन् ।
दोस्रो पटक म्याद थपको आज अन्तिम दिन आफ्नी पत्नीको फेसबुकमार्फत रविले प्रहरीको अनुसन्धानलाई सघाइरहेको र पूर्ण रुपमा सघाउने बताउदै न्याय नमरेको बताएका छन् ।
रविले भनेका छन्, ‘प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै मरेको छैन । सम्भवत : सम्माननीय अदालतले आज (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ । यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।’
रवि लामिछानेसहित तीन जनालाई गत मंगलबार चितवन जिल्ला अदालतले आजसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले आइतबार तिनै जनालाई आज आइतबार अदालत लैजाने छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…