नेपाल पत्रकार महासंघ जापानले एनआरएनए उम्मेदवारहरुसंग आज आईतबार सर्वाजनिक वहस कार्यक्रम गर्दै ,तयारी पुरा ।

तोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आगामी दुई साता भित्र चयन हुन लागेको गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ पदाधिकारीका आकांक्षीहरुसंग आज  आईतबार सार्वजनिक वहस कार्यक्रम गर्दैछ।

टोकियो सिनओकुवो स्थित निप्पोन ग्लास ईन्डट्रीयल सेन्टर भवनमा हुने कार्यक्रममा नयाँ कार्यकाल २०१९–२१ का लागि गैरआवासीय नेपाली संघको अध्यक्ष, महासचिव तथा अन्य विभिन्न पदमा आफनो आकांक्षा राख्ने महानुभावहरुसंग खुल्ला प्रश्नोत्तर गर्ने जनाएको छ। नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रबाट विभिन्न पदमा उम्मेदवारी आकाँक्षा देखाएका महानुभावहरुसंग आफनो एजेण्डाका बारेमा खुल्ला वहस गर्न लागेको हो।

कार्यक्रममा जापानमा क्रियाशिल पत्रकार तथा विभिन्न संचारमाध्यमममा आवद्ध संचारकर्मीहरु, विभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी लगायतले तपाईको नेतृत्व केका लागि र जापानवासी नेपालीहरुलाई सहयोग गर्ने योजनाहरु के कस्ता छन भनि सिधा प्रश्नोत्तर गरिने तयारी गरिएको छ। कार्यक्रमले जापानवासी नेपालीहरुको साझासंस्थाका रुपमा रहेको एनआरएनएलाई जिम्मेवार संस्था तथा सही नेतृत्व दिने कार्यमा सहयोग गर्ने अपेक्षा गरेको अध्यक्ष घलेले जानकारी दिनुभयो।

अपरान्ह साढे एकबाट सुरु हुने कार्यक्रम दुई चरणमा विभाजन गरिएको छ। पहिलोचरणमा एनआरएनए जापान निर्वाचन समितिले उम्मेदवारहरुलाई निर्वाचन प्रकृयाका वारेमा विशेष जानकारी दिईने कार्यक्रम राखिएको छ। यस्तै दोश्रो चरणमा महासंघको व्यानरमा खुल्ला वहस कार्यक्रम आयोजना गरिने जनाईएको छ।

कार्यक्रममा सहभागिताका लागि विभिन्न पदमा आफनो उम्मेदवारी आकांक्षा गर्नुभएका महानुभावहरुसंग विभिन्न माध्यमबाट निमन्त्रणा गरि तयारी पुरा गरेको भएपनि निमन्त्रणा प्राप्त गर्न नसक्नु भएकाहरुलाई यसै सूचनालाई आधार मानेर सहभागिताका लागि आयोजक समितिका अध्यक्ष मोहन घलेले अपील गर्नुभएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago