नेपाल पत्रकार महासंघ जापानले एनआरएनए उम्मेदवारहरुसंग आज आईतबार सर्वाजनिक वहस कार्यक्रम गर्दै ,तयारी पुरा ।

तोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आगामी दुई साता भित्र चयन हुन लागेको गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ पदाधिकारीका आकांक्षीहरुसंग आज  आईतबार सार्वजनिक वहस कार्यक्रम गर्दैछ।

टोकियो सिनओकुवो स्थित निप्पोन ग्लास ईन्डट्रीयल सेन्टर भवनमा हुने कार्यक्रममा नयाँ कार्यकाल २०१९–२१ का लागि गैरआवासीय नेपाली संघको अध्यक्ष, महासचिव तथा अन्य विभिन्न पदमा आफनो आकांक्षा राख्ने महानुभावहरुसंग खुल्ला प्रश्नोत्तर गर्ने जनाएको छ। नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रबाट विभिन्न पदमा उम्मेदवारी आकाँक्षा देखाएका महानुभावहरुसंग आफनो एजेण्डाका बारेमा खुल्ला वहस गर्न लागेको हो।

कार्यक्रममा जापानमा क्रियाशिल पत्रकार तथा विभिन्न संचारमाध्यमममा आवद्ध संचारकर्मीहरु, विभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी लगायतले तपाईको नेतृत्व केका लागि र जापानवासी नेपालीहरुलाई सहयोग गर्ने योजनाहरु के कस्ता छन भनि सिधा प्रश्नोत्तर गरिने तयारी गरिएको छ। कार्यक्रमले जापानवासी नेपालीहरुको साझासंस्थाका रुपमा रहेको एनआरएनएलाई जिम्मेवार संस्था तथा सही नेतृत्व दिने कार्यमा सहयोग गर्ने अपेक्षा गरेको अध्यक्ष घलेले जानकारी दिनुभयो।

अपरान्ह साढे एकबाट सुरु हुने कार्यक्रम दुई चरणमा विभाजन गरिएको छ। पहिलोचरणमा एनआरएनए जापान निर्वाचन समितिले उम्मेदवारहरुलाई निर्वाचन प्रकृयाका वारेमा विशेष जानकारी दिईने कार्यक्रम राखिएको छ। यस्तै दोश्रो चरणमा महासंघको व्यानरमा खुल्ला वहस कार्यक्रम आयोजना गरिने जनाईएको छ।

कार्यक्रममा सहभागिताका लागि विभिन्न पदमा आफनो उम्मेदवारी आकांक्षा गर्नुभएका महानुभावहरुसंग विभिन्न माध्यमबाट निमन्त्रणा गरि तयारी पुरा गरेको भएपनि निमन्त्रणा प्राप्त गर्न नसक्नु भएकाहरुलाई यसै सूचनालाई आधार मानेर सहभागिताका लागि आयोजक समितिका अध्यक्ष मोहन घलेले अपील गर्नुभएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago