टोकियो । केहि महिना अगाडी तोचिगि केन स्थित तोचिगीको “हाम्रो रेष्टुरेन्टमा” भएको आगोलागिमा परी घाईते भएका ( ओम गुरुङ, धिरेन गुरुङ, शान्त बहादुर गुरुङ र शान्ति गुरुङ) लाई तमु धीं जापानले आर्थिक सहयोगका हस्तान्तरण गरेको छ ।
जापानको तोचिगि केनमा रेष्टुरेन्ट ब्यबसाय गरेका गुरुङ परिवारमा परेको विपत्तीलाई तमुधि जापानले आर्थिक सहयोग गरेको तमुधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले आपनो परिवारलाई विपत्तीमा पर्दा तमु धीं जापानको पहलमा घान्द्रुक समाज जापान, पन्चासे समाज जापानको विशेष सहयोगमा १ लाख ६८ हजार १०० येन हस्तान्तरण गरेको बताउनुभयो ।
मार्च २४ तारिख आईतवार संस्थाका अध्यक्ष अनिता गुरुङ नेतृत्वमा उपाध्यक्ष अमर गुरुङ, महासचिव चित्र गुरुङ, संरक्षक याम गुरुङ, सदस्य मिलन गुरुङ र तोचिगी क्षेत्रको धीका अध्यक्ष लाल प्रशाद गुरुङ पिडितको घरमै गएर गुरुङ परम्परा अनुसार स्याई-स्याई”पनि गरेको तमुधी जापानका महासचिव चित्र गुरुङले बताउनुभयो। ।
तमुधी जापानले गुरुङ समुदाय सहित विभिन्न विपत्तिमा परेकाहरुलाई विगत २५ वर्ष देखि नै सहयोग गर्दै आईरहेको छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…