टोकियोमा हुने भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता खुल्ला।

टोक्यो ।  नेपाली नया बर्ष २०७६ तथा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता खुल्ला गरिएको छ।

हरेक बर्ष प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलसंग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आएको क्लवले यो कार्यक्रमको आयबाट धुर्मुस सुन्तली फाउण्डेशनको निर्माणाधीन गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगाशाला निर्माणमा सहयोग गर्ने छ।

नेपालको राष्ट्रीय खेल भलिबलको माध्यमबाट जापानमा रहने सम्पुर्ण भलिबल प्रेमीहरुलाई आफ्नो प्रतिभा देखाउने र एकअर्कामा भातृत्व कायम गर्नका लागि गल्कोट स्पोर्ट्स क्लव टोकियोले बिगत आधा दशक देखि उल्लेख्य भुमिका खेल्दै आएको छ।

प्रतियोगितामा सहभागिताका लागि मार्च २५ देखि अप्रिल १० सम्म समय सिमा तोकिएको छ। दर्ता शुल्क जापानी यन ४०००० तोकिएको छ।भने पुरस्कार राशी क्रमश प्रथम र द्वितीयलाई जापानी यन ३०००००र २००००० रहेको छ।बिगतमा पाँच छुट्टा छुट्टै बिधामा खेलाडी सम्मान गर्दै आए पनि यो बर्ष छ बिधामा सम्मान गरिने समेत क्लवले जानकारी गराएको छ।

गल्कोट स्पोर्ट्स क्लव टोकियोको यस प्रतियोगितामा शुद्ध चाँदीको कप दिपिका ईण्टरनेशनल जापान का चन्द्र खत्री र छम खत्रीले प्रायोजन गर्नु भएको छ । मुख्य प्रायोजक गल्कोट समाज जापान रहेको छ।निरन्तर रुपमा क्लवलाई माया गर्ने सुमेघ टुर्स एण्ड ट्राभल्स,आत्मराम शर्मा लगाएतका संघसंस्था एवं ब्यकितहरुको पनि यस प्रतियोगितामा आर्थिक सहयोग रहेको छ।

प्रतियोगितामा अग्रिम दर्ता हुने १५ टीमलाई मात्र सहभागि गराईने छ।जापानमा रहेका संघसंस्था कल्व लाई बिभिन्न माध्यमबाट पत्राचार गर्ने कार्य गरिए पनि कुनै कारणबस् पत्र नपुगेको खण्डमा यसै समाचारलाई आधारमानी सहभागी हुन गल्कोट स्पोर्ट्स क्लवका महासचिव तथा प्रचारप्रसार संयोजक लक्ष्मण कार्कीले अनुरोध गरेका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago