टोक्यो । नेपाली नया बर्ष २०७६ तथा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंगकप भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता खुल्ला गरिएको छ।
हरेक बर्ष प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलसंग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आएको क्लवले यो कार्यक्रमको आयबाट धुर्मुस सुन्तली फाउण्डेशनको निर्माणाधीन गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगाशाला निर्माणमा सहयोग गर्ने छ।
नेपालको राष्ट्रीय खेल भलिबलको माध्यमबाट जापानमा रहने सम्पुर्ण भलिबल प्रेमीहरुलाई आफ्नो प्रतिभा देखाउने र एकअर्कामा भातृत्व कायम गर्नका लागि गल्कोट स्पोर्ट्स क्लव टोकियोले बिगत आधा दशक देखि उल्लेख्य भुमिका खेल्दै आएको छ।
प्रतियोगितामा सहभागिताका लागि मार्च २५ देखि अप्रिल १० सम्म समय सिमा तोकिएको छ। दर्ता शुल्क जापानी यन ४०००० तोकिएको छ।भने पुरस्कार राशी क्रमश प्रथम र द्वितीयलाई जापानी यन ३०००००र २००००० रहेको छ।बिगतमा पाँच छुट्टा छुट्टै बिधामा खेलाडी सम्मान गर्दै आए पनि यो बर्ष छ बिधामा सम्मान गरिने समेत क्लवले जानकारी गराएको छ।
गल्कोट स्पोर्ट्स क्लव टोकियोको यस प्रतियोगितामा शुद्ध चाँदीको कप दिपिका ईण्टरनेशनल जापान का चन्द्र खत्री र छम खत्रीले प्रायोजन गर्नु भएको छ । मुख्य प्रायोजक गल्कोट समाज जापान रहेको छ।निरन्तर रुपमा क्लवलाई माया गर्ने सुमेघ टुर्स एण्ड ट्राभल्स,आत्मराम शर्मा लगाएतका संघसंस्था एवं ब्यकितहरुको पनि यस प्रतियोगितामा आर्थिक सहयोग रहेको छ।
प्रतियोगितामा अग्रिम दर्ता हुने १५ टीमलाई मात्र सहभागि गराईने छ।जापानमा रहेका संघसंस्था कल्व लाई बिभिन्न माध्यमबाट पत्राचार गर्ने कार्य गरिए पनि कुनै कारणबस् पत्र नपुगेको खण्डमा यसै समाचारलाई आधारमानी सहभागी हुन गल्कोट स्पोर्ट्स क्लवका महासचिव तथा प्रचारप्रसार संयोजक लक्ष्मण कार्कीले अनुरोध गरेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…