बेलायतको अल्दरसर्टमा गीति एल्बम “समर्पण” सार्बजनिक भएको छ।

बेलायत । कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी रहनु भएको थियो भने कार्यक्रममा चर्चित एवं बरिष्ठ पाइलट क्याप्टेन विजय लामा दुबैले एल्बमको संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । बिमोचन अन्य कार्यक्रमहरु भन्दा पृथक ढंगबाट गरिएको थियो । 

शिक्षाका लागि समर्पित रहेको र यो एउटा गीति एल्बम मात्र नरही एक परियोजना रहेको कुरा समर्पणका संयोजक सुर्य गुरुङले जानकारी दिनुभयो । गुरुङले यस अभियानबाट उठेको रकम नेपालमा विभिन्न स्थानमा सचालन भईरहेको तर आर्थिक र भौतिक रुपमा कमजोर रहेका बिद्यालयहरुमा सहयोग गर्ने परियोजना भएको भन्दै यस कार्यमा आगमि दिनहरुमा पनि निरंतरता दिने प्रतिबद्दता ब्यक्त गर्नुभयो । उहाले अहिले मकवानपुको देबहित आधारभूत बिद्यालयलाइ सहयोग गर्ने योजना रहेको जानकारी गराउनुभयो । गुरुङले प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका सबै सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

प्रमुख अतिथि राजदुत डा. दुर्गा बहादुर सुबेदीले बेलायतमा सयौको संख्यामा राजनैतिक, सामाजिक, जातिय तथा धार्मिक संघ संस्थाहरुको कार्यक्रममा सहभागी भएपनि सामाजिक एबं शैक्षिक पुण्यका लागि आयोजना गरिएको कार्यक्रममा जोडिने अबसर प्रदान गर्ने आयोजक टिम समर्पण लाइ आभार ब्यक्त गर्नुभयो ।

समर्पण शिक्षाका लागि भन्ने मूल नाराका साथ् सम्पन्न उक्त कार्यक्रमका मुख्य आकर्षण क्याप्टेन विजय लामाले चन्द्र र सुर्य अंकित ध्वजाबाहक बिमान उडाएको ३० औ बसन्त पार गरिसकेको आपनो अनुभव सुनाउदै आफु आफ्नो पोशाकको सम्मान र त्यसबाट प्राप्त अनुशासनको कारणले नेपाली भएकोमा यति धेरै गर्ब गर्ने कुरा बताए, नेपालीहरु आफ्नालाई माया गर्दैनन्, आफ्नालाई सम्मान गर्न सिकौ, नेपाल एयर्लाइन्स राम्रो नराम्रो जस्तो भए पनि सम्पूर्ण नेपालीले अपनत्व प्रदान गर्नु पर्ने कुरामा जोड दिए, उहॉले लण्डनको हेथ्रो विमानस्थलमा नेपाल एअर्लाइन्सलाइ एकदिन म ल्याण्ड गर्नेछु भनि प्रतिबद्दता गरिरहदा हल तालीले गुन्जायमान बनेको थियो । 

लामाले सबै नेपाली जातजाति धर्म र प्रदेशका आधारमा फुट गरि राजनैतिक स्वार्थ भन्दा माथि उठी नेपाली भएकोमा गर्ब गर्नका लागि सबैलाई आव्हान गरे ।बेलायत नेपाली गोर्खाहरुको एतिहासिक कर्म थलो रहेको र आफ्नो पुर्खाले कमाएको इज्जत बचाई राख्न र नेपाल आमा लाइ सम्झीरहन बेलायत बासीलाइ आग्रह गरे ।

यस अभियानलाई एनआरएन युके , बुद्ध फाउन्डेसन युके , तमुधि युके , तामांग सोसाइटी अफ युके , एसीएन महिला असोसिएसन युके , म्हेंदोमाया समाज युके लगायतका सस्थाहरुको साथ रहेको छ ।

समर्पण परियोजनाका संयोजक सुर्य गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम  समर्पणका समुह कै सदस्यद्वय कान्ति गुरुङ श्रेष्ठ र विभा गुरुङले संचालन गर्नुभएको थियो

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago