एनआरएनए जापानले सबै क्षेत्रको अधिवेशन अनुगमन समितिको जिम्मेवारि तोक्यो ।

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए)राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेशन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ।

अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरी २ जना सल्लाहकार रहने छन् भने , समितिमा मानार्थ परिषद सदस्यलाई १४ क्षेत्रीय समितिको लागि अनुरोध गरि जिम्मेवारी दिएको छ।

यस पटकदेखि क्षेत्रिय समितिको नयाँ गठन हुने समितिलाई अनुगमन समितिको सिफारिसको आधारमा रासप जापानले मान्यता दिने प्रावधान गरिएको र क्षेत्रिय लेखा परिक्षणको लागि रासप जापानका सदस्यहरुलाई जिम्मेवारी दिएको छ । उनिहरुले लेखापरिक्षण गरेपछि मात्र क्षेत्रिय समितिको अधिवेसनमा आर्थिक प्रतिवेदन स्वीकृतिको लागि पेश हुने ब्यवस्था बिधानले गरेको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचन सम्वन्धि कार्यबिधि २०१९ तपसिल बमोजिम हुनेछ।

१.क्षेत्रीय समितिहरुको निर्वाचनको लागि सम्वन्धित क्षेत्रको कार्यसमितिले १आयुक्त र २ सदस्य सहित कम्तिमा ३ सदस्यिय निर्वाचन समिति गठन गर्न सकिनेछ।

२.अधिवेशन हुनुभन्दा १ महिना अगाडी अधिवेसन र निर्वाचन सम्वन्धि सूचना प्रकाशन गर्नुपर्नेछ।

३.क्षेत्रिय अधिवेशन र निर्वाचनको लागि रासपले एक अनुगमन समिति तयारगर्नेछ, उक्त समितिले सिफारिस गरेको आधारमा क्षेत्रिय समितिलाई रासपको सचिवालयले मान्यता दिनेछ।

४.अनुगमन समितिले आवश्यकता अनुसार माग गरेका बिवरण र जानकारी क्षेत्रिय समिति र निर्वाचन समितिले अनुगमन समितिलाई उपलव्ध गराउनु पर्नेछ।

५.क्षेत्रिय समितिको लेखा परिक्षण रासपले खटाएको ब्यक्तिबाट गराई अधिवेसनमा स्विकृतिको लागि पेश गर्नुपर्ने छ।

६.क्षेत्रिय समितिको अधिवेशन जुलाई १० तारिख देखि अगस्ट १० तारिख सम्म सम्पन्न गर्ने गरि,अधिवेशन आयोजना हुने मिति भन्दा ३०दिन अगाडि सम्ममा सामाजिक संजालमा सुचना सार्वजनिक गर्नुपर्नेछ।

७.पंजिकृत सदस्य ५०० सम्म भएका क्षेत्रिय कार्यसमितिको संख्या १९ रहने र पंजिकृत सदस्य ५०१ भन्दा बडि भएमा क्षेत्रिय कार्यसमितिको संख्या २३ रहनेछ।

८.एनआरएनए जापानलाई स्वोघोषित लगाएत बिभिन्न शिर्षकमा बुझाउनुपर्ने शुल्क नबुझाएर संस्थाको कालो सूचिमा सूचीकृत व्यक्तिको उमेरदवारी रद्ध हुनेछ।

९.अन्य जानकारी तथा कार्यसम्पादन परिषदको बिधान २०१९ अनुसार गर्नु गराउनुहुन अनुरोध गरिन्छ ।

१०.क्षेत्रिय निवाचन र कार्यसमितिको संरचना गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषदको बिधान २००४ को संशोधन सहितको बिाधान२०१९ को परिच्छेद ६ को दफा १को उपदफा १.३ बमोजिम रहने छ।

११.निर्वाचन प्रयोजनको लागि निर्वाचन समितिले रासप जापान संग समन्वय गरि मतदाता नामावली प्रकाशित गर्नेछ।

१२.निर्वाचन समितिले निर्वाचन कार्यबिधि तोक्नेछ।

१३.क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवार बन्नको लागि क्षेत्र वा रासपको कुनै पनि पदमा रहि एक कार्यकाल कार्य सम्पादन गरेको हुनुपर्नेछ।

१४. केन्द्रिय अधिवेशन तथा निर्वाचन सम्वन्धि कुनै बाधा वा समस्या आएमा रासप जापान संग समन्वय गरि समाधान निकाल्न सकिनेछ।

१५. क्षेत्रिय निर्वाचन प्रकृया क्षेत्रिय समितिको निर्णय बमोजिम हुनेछ।

गैरआवसीय नेपाली संघ जापानले अनुगमन समिति तपसिल अनुसार क्षेत्रिय समितिको अधिवेसन र निर्वाचन अनुगमन समिति देहाय बमोजिम रहनेछ।

१.कान्तो क्षेत्र- सल्लाहकार:-शालिक राम भण्डारी/डा.वेद काफ्ले।(अरुण कुमार श्रेष्ठ,ददिवल खड्का,लेलिन भट्टचन)

२.क्यूस्यू क्षेत्र:-सल्लाहकार:-धर्म प्रसाद अधिकारी/नर बहादुर थापा।(सुजन जोशी,पुरुषोत्तम सिग्देल,श्री गुरुङ,आशिष रावल)

३.कान्साई क्षेत्र :-सल्लाहकार:- दिनेश बस्नेत /तुलसी राम खरेल।(आत्मराम गैरे,सागर भण्डारी, टिकाराम कडेंल,हस्त लामा)

४.नागोया क्षेत्र:-सल्लाहकार:-दिपक घिमिरे/राधा थापा।(डा. सुदिप अधिकारी,सुमन लिम्वु,बिष्णु प्रसाद घिमिरे,सबिता श्रेष्ठ)

५.तोचिगी क्षेत्र:-सल्लाहकार-राम थापा/दिपक थापा।(देविलाल सुवेदी ,अर्जुन अधिकारी,ईन्दिरा सुज़ुकी ,बुद्धि गौचन)

६.सेन्दाई क्षेत्र:-सल्लाहकार:- तेज़ प्रसाद अर्याल /डा. बिजय ज्ञवाली।(महेन्द्र कुमार अधिकारी,सिर्दाथ श्रेष्ठ ,नारायण खड्का)

७.सिजोओका क्षेत्र :-सल्लाहकार :- नरेश महर्जन/सरोज कडेंल(यम खत्री,चुडामणी भट्टराई,राजकुमार अधिकारी)

८.निगाता क्षेत्र:-सल्लाहकार :- नारायण सुवेदी/पासाङ शेर्पा।(राजन भट्टराई,देवि ब ईन्ङाम,सचिन श्रेष्ठ)

९.गुन्मा क्षेत्र:-सल्लाहकार :-ज्ञानेन्द्र बहादुर पौडेल/मोहन घले।(सुशिल मल्ल,चन्द्र उपाध्याय ,सृजना पाण्डे)

१०.होक्काईदो क्षेत्र:-सल्लाहकार :- राजन गिरी/डिपि कडेंल(अर्जुन अधिकारी,प्रकास थापा,महेन्द्र बानिया,राजन पौडेल)

११.ओकिनावा क्षेत्र :-सल्लाहकार :- संजीव श्रेष्ठ/महेन्द्र श्रेष्ठ।(बाबुराम पौडेल ,कृष्ण खनाल,हरि सापकोटा ,दिपक प्रसाद कडेंल)

१२. नागानो क्षेत्र :-सल्लाहकार :-कृष्ण गौचन/ बावुराम भण्डारी।(प्रकाश पौडेल माईला,सन्देश पोखरेल ,हरी लामिछाने,संगिता अधिकारी)

१३.हिरोशिमा :-सल्लाहकार :-मेघनाथ कडेल/चिरंजीवी थापा।(लाक्पा गेलु शेर्पा,श्रवण सत्याल,शरद लामिछाने,बालकृष्ण कडेंल)

१४.चिवा क्षेत्र:-सल्लाहकार :- बिजय थकाली/जिज्ञान कुमार थापा।(वेलु काजी थापा,सुरेश केसी,बिकास श्रेष्ठ ,अनिल थापा)

यस अभियानलाई सफल र सबैको साझा सुन्दर फुलवारी बनाउन सहयोग को लागि अध्यक्ष टासि वाङदी लामाले जापानवासी नेपाली दाजु -भाई तथा दिदी-बहिनी हरुमा हार्दिक अपिल गर्नु भएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago