एजेन्सी, असार ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई व्यक्तिगत पत्र पठाएको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले जनाएको छ ।
सर्वोच्च नेता किमले पत्र पढेपछि पत्रप्रति सन्तुष्टी जनाएको समाचारमा उल्लेख गरेको छ । उनले भनेका छन्, ‘पत्रमा गज्जबको विषयबस्तु लेखिएको छ ।’ किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गरेको बताए ।
तर उनले पत्रमा के विषयबस्तु उल्लेख गरेको छ भन्ने बारेमा भने, कुनै जानकारी नदिएको समाचारले जानकारी दिए। ट्रम्पले उक्त पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा भने, खुलासा गरेको छैन। त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया नदिएको समाचारले जानकारी दिए।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…