प्रवेशद्वारको शिलान्यास

नारायणप्रसाद कोइराला ,रुपन्देही, माघ ९ । पैदलमार्ग गरि नेपाल भित्रने सबैभन्दा ठूलो नाका रुपन्देहीको भैरहवामा सिद्धार्थनगर नगरपालिकाले बनाउन लागेको प्रवेशद्वारको प्रतिनिधि सभा सदस्य मा. घनश्याम भुसालद्वारा एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । 

कार्यक्रममा अवसरमा बोल्दै भुसालले नेपालको चिनारी सहित बुद्धत्व झल्कने आकर्षक पर्यटकीयद्वारा बनिसकेपछि यस क्षेत्रको पर्यटन विकाशमा कोशेढंङ्गा सावित हुने र लुम्बिनि घुम्न आउने पर्यटकलाई अकर्षण गर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारले नगरमा न्यून बजेट हुँदाहुँदै पनि विभिन्न माध्यमबाट स्रोत जुटाई पर्यटन प्रवद्र्धन गर्नको लागि प्रवेशद्वार निर्माण गर्न लागिएको बताए । उनले नगरभित्र बढी भन्दा बढी पर्यटक भित्राउन यस द्वारले महत्वपुर्ण भुमिका निभाउने कुरामा आफुले विश्वास लिएको बताए । 

शुरुमा नेपाल भारतको सीमा क्षेत्र बेलहियामा निर्माण गर्ने भनिए पनि हाल सीमा नाका भन्दा एक किलोमिटर नेपालतर्फ रहेको डण्डा नदीको छेउमा द्वारा बनाउन लागिएको हो । दशगजा पार गर्ने वित्तिकै सीमाक्षेत्रमा नै बनाउने भनिएको द्वारको बेलहियाका स्थानिय भने रुष्ट देखिएका छन् । हरेक आन्दोलनलाई सीमामा बसेर लड्दै र देशलाई सहयोग पु¥याएको बेलाहिया वासीलाई बाहिर राखेर निर्माण गर्न लागिएको स्थानिय देवी न्यौपालने ले गुनासो गरिन् । 

भारतले सीमा अतिक्रमण गर्दै आइरहेको अवस्थामा बेलहिया बाहिर स्वागतद्वारको निर्माण गर्दा पर्यटकलाई भ्रमित बनाउने समेत बताईन् । ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडकदेखि २९ मिटरको अग्लो हुनेगरी द्वाराको डिजाईन गरिएको छ । द्वारलाई कलात्मक वस्तु, स्वयम्भूको आँखासहित अशोक स्तम्भ, बुद्धमूर्ति, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा लगाएतले सिंगारीने र नेपालकै नमुना बनाउने कुरामा नगरपालिका विस्वस्त रहेको छ द्वारको निर्माण ठेक्का सम्झौता भएको २ वर्षमा सम्पन्न हुने गरि प्रकृति निर्माण सेवाले लिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago