काठमान्डौमा गुरुङ भाषाको लाईब्रेरी निर्माण गर्ने उद्देश्य लिएर च्यारीटी सोको आयोजना गरेको तमूधीं जापान जानकारी दिएको हो । आयोजक तमूधीं जापानले चलचित्र प्रर्दशनबाट २ लाख पचास हज़ार रुपैया संकलन गर्न सफल भएको छ । चलचित्र प्रर्दशनको लागि चलचित्रका निर्माता दुर्ग गुरुङ मिलानको उपस्थित रहेको थियो ।
जापानमा सन १९९५ मा थापना भएको तमूधीं जापानले गुरुङ संस्कृतिमा आधारित चलचित्र भेड़ी गोठालेको प्रर्दशनसगै रजत जयन्तिको औपचारिक कार्यक्रम शुभआरम्भ गरेको हो ।
चलचित्र प्रर्दशन गर्नु अघि कार्यक्रमको जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, चलचित्रका निर्माता एवं सामाजिक अभियान्त दुर्गा गुरुङ मिलान, नेपाली ब्यबसायि एसोसिएशन जापानका अध्यक्ष बिजय थकाली एवं तमूधीं जापानका अध्यक्ष अनिता गुरुङले कार्यक्रमको संयुक्त रुपमा दिपप्रज्वलनगरी उद्धाटन गर्नु भएको थियो ।
नेपाल सहित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड प्राप्त गर्न सफल भएको चलचित्र भेड़ी गोठालेको प्रर्दशनबाट संकलन भएको २ लाख एेनमा निर्माता तथा सामाजिक अभियान्त समेत रहनु भएका गुरुङले ५० हज़ार थपगरी २ लाख पचास हज़ार रुपैया काठमान्डौमा निर्माण हुने गुरुङ भाषाको लाईब्रेरीलाई प्रदान गरिने तमूधीं जापानले जानकारी दिएको छ । हङकङ निवासी निर्माता गुरुङले यस चलचित्रको सबै आम्दानीहरु सामाजिक कार्यमा प्रदान गरेको जानकारी दिनुभयो ।
सम्पन्न भएको उद्धाटन कार्यक्रम तमुधी जापानका अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संचालन महासचिव चित्र गुरुङ तथा कार्यक्रमको उदेष्य सहित स्वागत मतब्य उपध्यक्ष अमर गुरुङ गर्नुभएको थियो ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…