जुलाई २२ – आजबाट सी.बी.खबर डटकमले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ । सत्य तथ्य निष्पक्ष खबरको संवाहक सी.बी.खबर भन्ने मूल नाराका साथ अनलाइन न्यूज पोर्टल साइट सुरु गरिएको सी.बी.खबर डटकमका प्रधान सम्पादक सन्तोष चोखालले बताउनु भयो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खबरहरूलाई निष्पक्ष ढंगबाट पाठकवर्गमा प्रस्तुत गर्ने सी.बी.खबर डटकमले जनाएको छ । आजभन्दा ३ वर्ष अघि सी.बी.ट्राभल्स एण्ड टुर्सका रूपमा सुरु भएको सी.बी.ग्रुपको यात्रा आजबाट संचार क्षेत्रलाई पनि समेटने गरि सुरु गरिएको सी.बी.ग्रुपका अध्यक्ष महेन्द्र चोखालले जानकारी दिनु भएको छ । सी.बी. ग्रुपको एक ब्राण्डकै रूपमा अनलाइन पोर्टल सुरु गरिएको ग्रुपले जनाएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका सकारात्मक पक्षलाई मुख्य रूपमा प्रस्तुत गरि सकारात्मक सन्देश प्रवाहमा निरन्तर लागिरहने सी.बी.खबर डटकमले जनाएको छ । सुरुवाती अवस्थामा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता तथा शुभचिन्तक महानुभावहरूमा सल्लाहा सुझावको अपेक्षा समेत गरिएको जनाइएको छ ।
अनलाइन मीडियाहरूको भिडमा प्रतिस्पर्धा भन्दा पनि सत्य निष्पक्ष खबर प्रबाहमा आफुहरू तल्लिन रहने सम्पादक सन्दीप खत्रीले जानकारी दिनु भएको छ । अनलाइनको व्यबस्थापनमा सी.बी. ग्रुपक़ै सदस्यहरू विक्रम कार्की र शिव चोखाल रहेका छन । त्यस्तै सी.बी.खबर डटकमको प्राविधिक तथा डिज़ाइनको काम हरि कार्कीले गरिरहेको ग्रुपले जनाएको छ । सी.बी.ग्रुपले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“ स्वदेशदेखी विदेशसम्मका विविध गतिविधिहरू तथा समाचारहरू सत्य तथ्य रूपमा प्रसारण गर्नु हाम्रो पहिलो ज़िम्मेवारी रहनेछ । अनलाईन समाचार संप्रेषणका लागि हजारौ संचारकर्मी साथीहरूको बिचमा प्रतिष्पर्धा भन्दा पनि सही सूचना संप्रेषण गर्नु हाम्रो मुख्य दायित्व रहनेछ । सबै पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकमहानुभावहरू सम्पूर्णको साथ, सहयोग र सल्लाहासुझाव अनुसार अघि बढ्ने प्रण गर्दछौ । आगामी दिनमा हाम्रो यात्रामा गल्ती कमीकमजोरीलाई औल्याऊदै यहाँहरू सम्पूर्णको सल्लाहा सुझावको अपेक्षा गर्दछौ । “
सी.बी.खबर डटकमले भनेकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…