आगोले पोलेर जापानमा उपचारको क्रममा नेपाली महिलाको निधन

टोक्यो जनवरी २२ ।जापानमा आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपालीको निधन भएको छ । नेपालमा नुवाकोट घर भई हाल जापानको युकी बस्दै आएकी साबित्री रिमाल नेपालको चुकुबा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

डिसेम्बर १० का दिन काम गर्ने ठाउँमा आगोले पोलेपछी उनलाई उपचारका लागी आकस्मिक रुपमा हेलिकप्टरमार्फत युनिभर्सिटी अफ चुकुबा हस्पिटलमा लगिएको थियो । हस्पिटलले लामो समय उपचारको प्रयास गरे पनि रिमालको अन्तत; जनवरी २१ तारिख सोमबार साँझ ८:५० बजे निधन भएको थियो ।

निधन भएकी रिमालले काम गर्ने ठाउँमा इन्धनबाट बल्ने हिटर ताप्दै काम गर्ने क्रममा एक्कासी कपडामा आगो सल्किन गई घटना हुन गएको जानकारीमा आएको छ । मृतक रिमालको बारेमा जानकारी लिन अस्पताल पुगेका गैर आवासीय नेपाली संघ जापानका तोचिगी संयोजक विकास वस्नेतका अनुसार मृतक रिमालले ज्वलनशिल पदार्थ अल्कोहलले सफा गर्ने काम गरिरहेका बेला आगोले पोलेको हो ।

आगोले पोलेर मृतक रिमालको ७० प्रतिसत भन्दा बढी भाग जलेको अस्पतालले स्रोतले बताएको थियो । आगोले पोलेको उपचार गराईरहेकी रिमालको किड्नी, फोक्सो र कलेजोले काम गर्न छाडेपछी उनको मृत्यु भएको अस्पतालले बताएको छ ।

बर्ष ३१ की मृतक रिमाल श्रीमानसहित युकीमा बस्दै आएको जानकारी आफुले पाएको संयोजक बस्नेतले बताएका छन् । मृकत रिमालका श्रीमान कम्पनी कर्मचारी भएको बुझिएको छ भने मृतकले पार्टटाइम काम गर्दै आएकी थिईन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago