किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन जापानको आईचिकेन नागोयामा हुने भएको छ ।

टोक्यो । नागोयाको सेतो सामुदायिक टोयोटा हलमा सन् २०१९ में महिनाको ५ तारिख आइतवारको दिन आयोजना हुन लागीरहेको हो ।सन् १९९८ तिर जापानवासी लिम्बूहरुबीच एकता , सामिप्यता , सौहार्दता साथै एक-अर्काबीच परस्पर, सहयोगको आवश्यकतालाई अनुभूत गरेर याक्थुङ कोषको सुरूवात गरेसँगै यस अभियानलाई संगठितरुपमा निरन्तरता दिने क्रममा सन् २०१२ मा लिम्बू जातिहरुको प्रतिनिधिमूलक गौरवशाली सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ जापानको रिद्रिबहादुर तुम्बाहाम्फेको अध्यक्षतामा औपचारिकरुपमा गठन गरी हालसम्म ३ वटा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।

चुम्लुङ जापानले आफ्नो स्थापनाकालदेखि नै भाषिक ,साँस्कृतिक ,ऐतिहासिक ,सामाजिक एवं वैचारिक बहस ,कार्यक्रम साथै दवावका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ भने जापानमा बस्ने लिम्बू समुदायमा पर्ने विविध समस्याहरुमा साथ सहयोग ,सहजिकरण साथै हौसला प्रदान गर्दै आइरहेको संस्थाका महासचिव लक्ष्मीहाङ् आङ्बोले बताउनु भयो ।

महाधिवेशनमा जापानको टोकियो ,साइतामा,चिवा,तोचिगि ,ईवाराकी , सिजुओका,गुन्मा ,सेन्दाइ ,नागोया , फुकुओका, ओकिनावा,ओसाका लगायत स्थानबाट १२० भन्दा वढि प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने जनाएको छ । महाधिवेशनले विधान सशोधन उपसमितिद्वारा प्रस्तुत शशोधित विधान पारित गर्दै कियाचु जापानको नयाँ कार्य समिति निवाचित गर्नेछ ।

तसर्थ में ५ तारिख चौथो महाधिवेशनमा जापानवासी तमाम याक्थुङ समुदायका दाजुभाइ ,दिदीवहिनी सबै उपस्थित भई महाधिवेशन सफल पार्न हार्दिक अपिल सहित अनुरोध गरेको संयोजक चन्द्रकुमार जबेगूले बताउनु भयो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago