किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन जापानको आईचिकेन नागोयामा हुने भएको छ ।

टोक्यो । नागोयाको सेतो सामुदायिक टोयोटा हलमा सन् २०१९ में महिनाको ५ तारिख आइतवारको दिन आयोजना हुन लागीरहेको हो ।सन् १९९८ तिर जापानवासी लिम्बूहरुबीच एकता , सामिप्यता , सौहार्दता साथै एक-अर्काबीच परस्पर, सहयोगको आवश्यकतालाई अनुभूत गरेर याक्थुङ कोषको सुरूवात गरेसँगै यस अभियानलाई संगठितरुपमा निरन्तरता दिने क्रममा सन् २०१२ मा लिम्बू जातिहरुको प्रतिनिधिमूलक गौरवशाली सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ जापानको रिद्रिबहादुर तुम्बाहाम्फेको अध्यक्षतामा औपचारिकरुपमा गठन गरी हालसम्म ३ वटा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।

चुम्लुङ जापानले आफ्नो स्थापनाकालदेखि नै भाषिक ,साँस्कृतिक ,ऐतिहासिक ,सामाजिक एवं वैचारिक बहस ,कार्यक्रम साथै दवावका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ भने जापानमा बस्ने लिम्बू समुदायमा पर्ने विविध समस्याहरुमा साथ सहयोग ,सहजिकरण साथै हौसला प्रदान गर्दै आइरहेको संस्थाका महासचिव लक्ष्मीहाङ् आङ्बोले बताउनु भयो ।

महाधिवेशनमा जापानको टोकियो ,साइतामा,चिवा,तोचिगि ,ईवाराकी , सिजुओका,गुन्मा ,सेन्दाइ ,नागोया , फुकुओका, ओकिनावा,ओसाका लगायत स्थानबाट १२० भन्दा वढि प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने जनाएको छ । महाधिवेशनले विधान सशोधन उपसमितिद्वारा प्रस्तुत शशोधित विधान पारित गर्दै कियाचु जापानको नयाँ कार्य समिति निवाचित गर्नेछ ।

तसर्थ में ५ तारिख चौथो महाधिवेशनमा जापानवासी तमाम याक्थुङ समुदायका दाजुभाइ ,दिदीवहिनी सबै उपस्थित भई महाधिवेशन सफल पार्न हार्दिक अपिल सहित अनुरोध गरेको संयोजक चन्द्रकुमार जबेगूले बताउनु भयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago