सनराइजजेएन, पाल्पा ८, फागुन । नेपाल परिवार नियोजन सघ पाल्पा शाखाले ग्रामिण क्षेत्र लक्षित स्वास्थ सिविर सन्चालन गरेको छ । रामपुर नगरपालिकाका १० वटै वडाका स्थानीय लाई लक्षित गरि परिवार नियोजन सम्बन्धि सिविर सन्चालन भएको हो ।
फागुन ६ र ७ गते रामपुर अस्पतालमा संचालित शिविरमा महिला तथा पुरुष स्थायी बन्धाकरण एवम् लामो अबधीको परिवार नियोजन साधन सेवा लगायत पाठेघरको मुखको क्यान्सर परिक्षण, आङ खस्ने समस्या, यौन रोग परिक्षण र स्वास्थ उपचार सेवा लिएका थिय । जसमध्ये १९२ जनाले पाठेघर को मुखको क्यान्सर परिक्षण, २५ जनाले अस्थायी साधन आयु सिडी र इम्प्लान्ट, ४० जनाले यौन रोग उपचार र २४ जनाले स्थायी बन्ध्याकरण को सेवा लिएको परिवार नियोजन पाल्पा शाखाका प्रमुख शोभाकान्त न्यौपानेले जानकारी दिनुभयो ।
ग्रामिण सेवा लक्षित कार्यक्रमबाट स्वास्थ सेवाको पहुचमा नपुगेका र पुग्न नसक्ने सेवाग्राहीले लाभ लिने सक्ने हुँदा यस्ता कार्यक्रम को निरन्तरता दिनुपर्ने रामपुर नगरपालिकाका नगर प्रमुख रमण थापाले जनाउदै उपस्थित सेवाग्राहीको स्वास्थलाभको कामना समेत गर्नुभयो । रामपुर नगरपालिकाका र परिवार नियोजन पाल्पा शाखाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा शिविर सन्चालन भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…