अन्तराष्ट्रिय नेपाली साहित्य समाज – साउदी च्याप्टर गठन

साउदीअरब जनवरी २० । नेपाली भाषा, कला, संस्कृति र साहित्यको उत्थान, सम्बर्द्वन, र प्रतिभाहरुको सम्मान र पहिचान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा मध्यपूर्वमा अवस्थित विविधताले भरिएको देश साउदी अरबमा पनि आफ्नो च्याप्टर गठन गरेको छ । 

१९ जनवरी २०१९ का दिन नेपाली राजदूतावसको प्राङगणमा नियोग उप प्रमुख आनन्द प्रसाद शर्माको प्रमुख अतिथ्यमा विभिन्न संघ संस्थाहरुको प्रतिनिधि र साहित्यप्रेमिहरुको भेलाले नमराज लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको हो । 

कार्यसमितिको अध्यक्षमा नमराज लामिछाने, उपाध्यक्षमा बिमल गाैतम, र अन्जान पाेख्रेल, महासचिवमा अरुण बेल्बासे “राेज”, सचिवमा सन्ताेष लुईटेल “समीप”, काेषाध्यक्षमा जितु खड्का “गाँउले”, सदस्यहरुमा नागेस तामाङ, हेम सुवेदी र सुवास तिमल्सिना रहनु भएकाे छ भने प्रमुख सल्लाहकारमा आनन्द प्रसाद शर्मा रहनु भएकाे छ ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि  आनन्द प्रसाद शर्मा ज्यूले नेपाली भाषा सहित्य विश्वमा चिनाउन विदेशमा बस्ने नेपालीहरुको ठूलो हात रहेको बताउदै प्रबासमा रहेको नेपालीहरुले आफ्नो सृजनाबाट पनि आफ्नो पहिचान बनाउन सक्ने र सहित्यमा कलम चलाउनु पर्ने सुझाउदै फुर्सदको बेला सबैले साहित्य सृजनाहरु कोर्ने र एक अर्कावीच भावनाहरु साटासाट गर्दा साहित्यको रुपमा भावना बुझ्न र साट्न सकिने बताउनु भयो । 

यसै अबसरमा पारिवारिक समाज नेपालका अध्यक्ष अमृत पाैडेल, नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपसभापति अर्जुन थापा, काभ्रे सेवा समाजका अध्यक्ष जेन कुमार लामा, समाजसेवि एंवम नेपाली जनसम्पर्क समितिका काेषाध्यक्ष द्वारिकाराज गिरी, सृजना सास्कृतिक समुहका अध्यक्ष विज्ञान राई, मिथिला संकृति समाजका अध्यक्ष जितेन्द्र साह, श्रमिक सेवा समाजका अध्यक्ष रुपक वेबा तामाङ्, नेपाली कार्गाे फेन्सिका प्राेप्राईटर परशुराम मिश्र, काभ्रे सेवा समाज तथा नेपाली जनसम्पर्क समिति साउदीका महामन्त्री सुरेश राज त्रिपाठी, समाजसेवि रुद्र कुमार कार्कि, श्रमिक परिवार नेपालका पुर्व अध्यक्ष गंगा गाेदार, समाज सेवि गाेपाल पंगेनि लगाए उपस्थित सबैले शुभकामना तथा खुशि व्यक्त गर्दै साहित्य कहिलै बुढाे नहुने र यस्काे कुनै रंग, जात, धर्म, राजनीति, क्षेत्र वर्ग केही नहुने हुँदा सबै जना साहित्य अटाउन सकिने बताउनु भयाे । साथै सबैले अाउने दिनहरुमा नेपाली भाषा, साहित्यकाे जगेर्ना गर्नकाे निमित्त सबै क्षेत्रबाट सहयाेग गर्ने प्रतिबद्वता समेत जाएर गर्नु भएकाे थियाे ।

कार्यक्रममा अानन्द प्रसाद शर्मा, नमराज लामिछाने, बिमल गाैतम, अरुण बेल्बासे “राेज”, जितु खड्का “गाउँले” र जितेन्द्र शाहले कविता, गजलहरु बाचन गर्नु भएको थियो । भने अमृत कुमार पाैडेल र गाेपाल पंगेनिले हास्यव्याङ अभिनय गर्नु भएकाे थियाे । कार्यक्रमकाे प्रत्यक्ष लाईभ पिटि अनलाइनका पत्रकार सुन्जित तामाङले गर्नु भएकाे थियाे र अन्तमा बिज्ञान राइकाे सुमधुर गित सगै कार्यक्रम समाप्त गरिए थियाे । 

यसै अबसरमा अनेसास साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछाने नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणको लागि आगामी दिनमा विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गर्दै जाने र

साउदीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठनले यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको बिकासमा अरु थप योगदान पुग्ने बिश्वास लिईएको बताउनु भयाे ।

दुई चरणमा गरिएकाे कार्यक्रमकाे संचालन अनेसास साउदी च्याप्टरका महासचिव अरुण बेल्बासे “राेज” ले गर्नु भएकाे थियाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago