आइसीसी महिला क्रिकेट विश्वकप छनोटः मलेसियाविरुद्ध नेपालको सानदार जित

काठमाडौं, फागुन ७। आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले शानदार सुरुवात गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा आज भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो । १२७ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विकेटको क्षतिमा ९२ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२६ रन बनायो । नेपालको लागि ओपनर सिता राना मगरले ४२ रन जोडिन् भने कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन् ।

नेपालले अब दोस्रो खेल आयोजक थाईल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ । एसिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिन लिगको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछ । नेपालले आफ्नो दोस्रो खेलमा यही फागुन १० गते युएईसँग खेल्नेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago