रास्ट्र जागरणको अभियानमा जरोकिलो

भबिन्द्र गौतम, ७ फागुन, बैज्ञानिक सत्ययुगको लक्ष्य लियर रास्ट्र जागरणको अभियानमा रहेको जरोकिलो महाअभियानले नेपालका राजनीतिक दलहरुको सिद्धान्त तथा विचार युरोप तथा पश्चिमा राष्ट्रबाट आएकोले नेपालको विकास गर्न, देशलाई विश्वमा पहिचान दिलाउन देशकै, धर्म कला संस्कृति ईतिहास, पहिचानलाई मूल आधार बनाएर राज्यराष्ट्र सिद्धान्त प्रतिपादन गरि देश विदेशमा कार्यान्वयनको लागि अग्रसरता दिदै काम शुरु गरेको छ ।

नेपाल ठूला पार्टी भनिएका सत्ता सञ्चालन गरिसकेका वामपन्थी र प्रजातान्त्रिक पार्टीहरुले हालसम्म पनि विभिन्न नाममा युरोपियन सिद्धान्त अनुरुप चल्दै आएकोले जरो र किलो महाअभियानले नेपालकै, लिखित वा अलिखित जातजाती, भाषा, भाषी, कला संस्कृति, पहिचान, धर्मग्रन्थमा अध्ययन अनुसन्धान गरी नेपालको मूल जरोलाई स्थापित गर्दै नयाँ सिद्धान्त निर्माणमा जुटेको हो । जरो र किलो भनेकै, नेपालको जरो के हो ? नेपालको विश्वमान चित्रमा ईतिहासको अवस्था, धार्मिक ग्रन्थदेखि पश्चिमा राष्ट्रले स्वीकार गरेको नेपालको ईतिहास, नेपालको अर्थनीति, नेपाल भाषा, भाषी, जातजातिको गहिरो अध्यन अनुसन्धान गरी, नेपालकै मूल अवस्थालाई मूल जरो मानेर र किलो झै अडिग रहेर, अर्थ, राजनीति, सामाजिक क्षेत्रमा गरिने परिवर्तन नै जरो र किलोको महाअभियान रहेको संस्थापक, सञ्चारविद एवं अनुसन्धकर्ता डा.निर्मलमणी अधिकारीले बताए । 

कार्यक्रम मा जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिले तानसेनमा नेपालको पुनःजागरणको अर्थ र आधार, राज्यराष्ट्र अवधारण र सिद्धान्त, नेपालको विविध मौलिक साँस्कृतिक अवस्था, अर्थ, राजनीति, शिक्षा तथा सामाजिक अवस्थाको विषयमा अन्तक्र्रिया सत्संग कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै महाअभियानका संस्थापक डा. अधिकारीले संस्थाले हाल ५० वटा विषयवस्तु अध्यन अनुसन्धान गरी तथ्य नेपाली जनता माझ ल्याउने, सो सिद्धान्तलाई सफल बनाउनको लागि मूल क्षेत्र राजनीति भएकोले आगामी निर्वाचनमा सहभागी हुने बताए । 

कार्यक्रममा रैथाने शक्तिका अध्यक्ष शुसिल गौतमले युरोपको पिआर छोडेर महाअभियानमा सहभागी भएको बताए । नेपाली राजनीतिक दलका नाम र बोर्ड मात्र फरक भएको, सिद्धान्त एउटै भएकोले, नेपालकै मूल जरोलाई जनता बिच पुनःजागरण गराए, नेपाली मौलिक सिद्धान्तलाई मूल प्रवाहमा ल्याउन यो अभियानमा सहभागी भएको अध्यक्ष गौतमले बताए । सहहृदयी समाज नेपालका अध्यक्ष वलराम प्रजापाती, पाल्पाका बृद्धिजिवी निर्मल श्रेष्ठल, कालिगन्डकी ज्ञान विज्ञान केन्द्रका अभियानता चैतन्यकृष्ण, पत्रकार महासंघका सचिव किरण कौशल, पण्डित होमनाथ न्यौपाने लगायतले अभियानले सञ्चालन गरेको पुनःजागरण कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । 

अन्तर्कृय सहितको खुला समयमा सहभागीतहरुले  के हो जरोकिलो ? किन यो अभियानको सुरुवात गरियो ? आर्थिक अवस्था के हो ? लगाएतका प्रश्न डा. अधिकारि सग राखेका थिए । कार्यक्रममा अभियानका ५ नं प्रदेश संयोजक अनुप अधिकारीको सभापत्विमा भएको कार्यक्रमको स्वागत श्रीराज तिमिल्सीना र सञ्चालन सचिव भविन्द्र गौतमले गरेका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago