साउदीमा मृत्युभएका बेगबहादुर को परिवारलाई आर्थिक सहयोग

साउदीअरब , जनवरी १९ , राम प्रसाद बस्याल । वैदेशीक राजगारको लागि काठमाडौं स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका  नेपाली युवाको गत नोभेम्बर २७ मा आँफैले चलाएको गाडी ( फर्क लिफ्ट)ले किचेर मृत्युभएको थियो। लगभग डेढ महिनाको अथक प्रयास र रियाद स्थित नेपाली राजदुताबासको सकृयतामा पार्थिब शरीर गत जनवरी ७ मा स्वदेश पुगेको छ। मृत्यु हुने युवा चापाकोट नगरपालिका- ४, भन्टाबारी स्याङ्जाका ३३ बर्षिय बेगबहादुर थापा(पदम) हुन ।  

साउदी अरब स्थित अल्मराई कम्पनिको central processing plant (CPP3)मा कामको सिलसिलामा आंफैले चलाएको गाडी पल्टेर किचेको थियो र  उपचारको क्रममा मृत्यु भएको थियो। यस दुखद परिस्थितिमा परिवारको लागि सहयोगार्थ भनी अल्मराई कम्पनिको विभिन्न शाखा अन्तर्गत अल्खर्ज सेल्स, CPP को विभिन्न डिपार्ट, फार्म डिभिजन, बेकरी डिभिजन,रियाद, हायल, जेद्दा साथै अल्खर्ज क्षेत्रको नेपालि एकता समाजबाट  CPP को नेपाली कमिटिको विशेष पहलमा  ७३,४०४ साउदी रियाल (नेपाली रुपैयाँ एक्काईस लाख अट्ठाइस हजार सात सय सोर्‍ह) संकलन गरेर घरमा सासू बुहारिको नाममा हकवाला दुइ छोराहरु राखेर नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न लगाई  खाता न. ०४१०५०५०२७४६८५ मा उठेको सम्पुर्ण रकम पठाइसकिएको छ।

स्मृतक बेगबहादुरको श्रीमती दुर्गा थापा, दुई  छोराहरु  दिलिप र दिप्सन थापा रहेका छन भने उनको एक भाइ तथा तिन दिदिबहिनीहरु रहेका छन। यस्ता कामहरु नेपाली कमिटिले गर्दै आएको छ र गरिरहने छ भनी कमिटिका सचिब नाथन शर्माले बताउनुहुन्छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago