साउदीमा मृत्युभएका बेगबहादुर को परिवारलाई आर्थिक सहयोग

साउदीअरब , जनवरी १९ , राम प्रसाद बस्याल । वैदेशीक राजगारको लागि काठमाडौं स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका  नेपाली युवाको गत नोभेम्बर २७ मा आँफैले चलाएको गाडी ( फर्क लिफ्ट)ले किचेर मृत्युभएको थियो। लगभग डेढ महिनाको अथक प्रयास र रियाद स्थित नेपाली राजदुताबासको सकृयतामा पार्थिब शरीर गत जनवरी ७ मा स्वदेश पुगेको छ। मृत्यु हुने युवा चापाकोट नगरपालिका- ४, भन्टाबारी स्याङ्जाका ३३ बर्षिय बेगबहादुर थापा(पदम) हुन ।  

साउदी अरब स्थित अल्मराई कम्पनिको central processing plant (CPP3)मा कामको सिलसिलामा आंफैले चलाएको गाडी पल्टेर किचेको थियो र  उपचारको क्रममा मृत्यु भएको थियो। यस दुखद परिस्थितिमा परिवारको लागि सहयोगार्थ भनी अल्मराई कम्पनिको विभिन्न शाखा अन्तर्गत अल्खर्ज सेल्स, CPP को विभिन्न डिपार्ट, फार्म डिभिजन, बेकरी डिभिजन,रियाद, हायल, जेद्दा साथै अल्खर्ज क्षेत्रको नेपालि एकता समाजबाट  CPP को नेपाली कमिटिको विशेष पहलमा  ७३,४०४ साउदी रियाल (नेपाली रुपैयाँ एक्काईस लाख अट्ठाइस हजार सात सय सोर्‍ह) संकलन गरेर घरमा सासू बुहारिको नाममा हकवाला दुइ छोराहरु राखेर नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न लगाई  खाता न. ०४१०५०५०२७४६८५ मा उठेको सम्पुर्ण रकम पठाइसकिएको छ।

स्मृतक बेगबहादुरको श्रीमती दुर्गा थापा, दुई  छोराहरु  दिलिप र दिप्सन थापा रहेका छन भने उनको एक भाइ तथा तिन दिदिबहिनीहरु रहेका छन। यस्ता कामहरु नेपाली कमिटिले गर्दै आएको छ र गरिरहने छ भनी कमिटिका सचिब नाथन शर्माले बताउनुहुन्छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago