टोकियो । अन्तर्राष्ट्रिय औद्योगिक भ्रमण२०१९को शिलशिलामा जापान भ्रमणमा आएका चितवन उधोग संघका पदाधिकारीहरुले जापानमा रहेका बिभिन्न संघ सस्था एवं ब्यबसायीहरुसग अन्तरक्रिया सम्पन्न गरेका छन ।
चितवन उधोग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा चितवन उधोग सघंले सम्पन्न गरेका परियोजना एवं योजनाहरुका बारेमा जानकारी गराएको थियो। चितवन उधोग संघले उत्पादनसगै अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनि केन्द्रको निर्माण सहितको योजनाहरु सम्पन्न गरेको सो अन्तरक्रियामा जानकारी दिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, चितवन समाज जापानका कार्यवहाक अध्यक्ष अर्जुन अधिकारी, एनआरएन जापानका सदस्य जिवन गुरुङ, ईजिलिङ रेमिटेन्स एवं सुमिरे टुर्स एन्ड ट्राभल्सका सिईयो डिपि अर्यल सहित नेपाली,जापानिज ब्यवसायीहरुको समेत उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा चितवनमा लगानिको आहवन गर्दै लगानीको वातावरण बनाउन र पूर्वधारको लागि चितवन उधोग सघंले सहयोगी बन्ने संघका अध्यक्ष दवाडीले बताउनु भयो उहाॅले पोल्टी लगायतको क्षेत्रमा नेपाल पुर्णरुपमा आत्मनिर्भर हुनसक्नुमा चितवन उधोग संघको योगदान रहेको र लगानिकालागि चितवन उधोग संघ सहयात्री बन्ने पनि बताउनु भयो ।
यस पटकको जापान भ्रमण दलमा चितवन एवं नवलपुर संघमा आवद्ध ४५ जना उधमीहरुको सहभागिता रहेको थियो भने भ्रमणको सयोजन सुमिरे टुर्स एन्ड ट्राभलले गरेको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…