गल्कोट स्पोर्ट्स क्लवको अधिबेशन सम्पन्न ।

  • टोकियो।“स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल” भन्ने मुल नाराका साथ स्थापित गलकोट स्पोर्ट्स क्लब टोकियोले तेस्रो अधिबेशन सम्पन्न गरेको छ । 

दुई चरणमा बिभाजन गरेर गरिएको अधिबेशनमा दुबै चरणको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष रत्नसिंह बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम संचालन क्रमश महासचिव लक्ष्मण कार्की र सचिव दुर्गा बहादुर खत्रीले गर्नु भएको थियो। कार्यक्रम गल्कोट समाज जापानका संरक्षक नर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

दोस्रो चरणमा एनआरएनए जापानकी महिला संयोजक सविता श्रेष्ठ,एनआरएनए जापानका सहकोषाध्यक्ष राम थापा(अनिल)जापान नेपाली एकता समाजका बिष्णु के सी नेपाल भलिबल संघ जापान का अध्यक्ष नविन कुमार गुरुङ्ग एनआरएनए जापान कान्तोका नविन निउरे,थकाली समाजका अध्यक्ष बुद्दी गौचन,चितवन समाजका अध्यक्ष राजन कुमार श्रेष्ठ लगायतको पनि उपस्थिति थियो।

दोश्रो चरणको कार्यक्रममा उपस्थित बिशिष्ट ब्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।साथै महासचिव लक्ष्मण कार्कीले संस्थाको यस कार्यकालको प्रगति बिवरण पेश गर्नु भएको थियो भने कोषाध्यक्ष महेन्द्र साहनीले आर्थिक बिबरण पेश गर्नु भएको थियो।

दोस्रो चरणको कार्यक्रम गलकोट स्पोर्ट्स क्लव टोकियो जापानका सल्लाहकार रामकृष्ण बम मल्लको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समितिले समन्वय गरी निर्बिरोध रुपमा लक्ष्मण कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

नवगठित कार्यसमिति : अध्यक्ष: लक्ष्मण कार्की , बरिष्ठ उपाध्यक्ष: देबेन्द्र खत्री , उपाध्यक्ष: महेन्द्र साहानी , डिलाराम निउरे , महासचिब: दुर्गा बहादुर खत्री , सचिब: हिमाल कडेल , सचिब: राजु बस्नेत , सचिब : गणेश खत्री , कोषाध्यक्ष: बुद्व बस्नेत , सह कोषाध्यक्ष: रमेश कुमार खत्री , खेलाडी संयोजक: अमर भण्डारी , सदस्यहरु :- दिपेस खत्री , नारायण चोखाल , हरि भण्डारी , सन्तोष कडेल , दिनेश थापा , प्रकाश निउरे , कृष्ण गौतम , ईश्वर बस्नेत , तेजिन्द्र भण्डारी जीवन गैरे रहेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago