जापानको गुन्मामा महासंघको तेस्रो वैठक तथा अन्तर्क्रिया सम्पन्न

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको तेस्रो पूर्ण वैठक तथा गुन्मामा सक्रिय रहेका विविन्न संघसंस्थाका प्रतिनिधीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

बैठकमा शाखाको विभिन्न विभागहरुको गतिशिलता र गतिविधीहरुको समिक्षात्मक रिपोर्ट सहित गत महिनाको नोभेम्बर २४ तारिख आईतबार टोकियोमा सम्पन्न पत्रकारहरु लक्षित ‘पुनर्ताजगी तथा क्षमता अभिवृद्धि अनुशिक्षण’ कार्यक्रमको समिक्षा गर्दै आगामी कार्ययोजना सम्बन्धि वृहत छलफल गरिएको छ ।

बैठक लगतै संघसंस्थाका प्रतिनिधीहरुसंग गरिएको अन्तर्क्रियामा एनआरएनएका सदस्य राजेश खनालले पत्रकार महासंघले गुन्मामा गरेको यो कार्यक्रम अरु संघसंस्थाका लागि पनि प्रेरणादायी र नमूना भएको भन्दै विभिन्न सन्चार माध्याममा आउने बिशेषत: मृत्युभएका मानिसको समाचार लेख्दा, मृत्युको प्रकृति विवरण सहितको समाचार प्रकाशन वा प्रशारण गर्दा मानवीय संवेदनशिलतालाई ध्यान दिनुपर्ने कुरामा जोड दिन सुझाए । 

नेपाली साझा समाज जापानका सल्लाहकार हरी अधिकारीले अकालमा हुने मृत्युलाई रोक्न सकिने हुँदा विद्यार्थीहरुलाई यहाँको नियम सम्बन्धी सामान्य जानकारीमा पनि समस्या रहेकोले त्यसलाई न्युनीकरण गर्नुपर्ने बताए । त्यस्तै जनसम्पर्क समिति किताकान्तोका अर्जुन सुवेदीलेले जापानको सामान्य नियम नै थाहा नहुँदा विद्यार्थीहरुलाई समस्या पर्ने गरेको भन्दै सूचनामूलक जानकारीको खाँचो रहेको औँल्याए । 

अन्तर्क्रियामा प्रतिनिधीहरुले जापानमा भिषा खुलिरहेको भनेर पैसा असुल्ने र नेपालीहरु विचल्लीमा पर्ने गरेको घटनाप्रति लक्षित गर्दै यस्ता गतिविधी रोक्न पत्रकार महासंघले आफू मातहातका मिडिया मार्फत यहाँको यथार्थाता र नियम संगत बिषयलाई जानकारी मूलक सूचना प्रवाह गर्न गराउनुपर्नेमा बिशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रम महासंघको संघसंस्था समन्वय विभागको आयोजनामा भएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago