जापानको गुन्मामा महासंघको तेस्रो वैठक तथा अन्तर्क्रिया सम्पन्न

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको तेस्रो पूर्ण वैठक तथा गुन्मामा सक्रिय रहेका विविन्न संघसंस्थाका प्रतिनिधीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

बैठकमा शाखाको विभिन्न विभागहरुको गतिशिलता र गतिविधीहरुको समिक्षात्मक रिपोर्ट सहित गत महिनाको नोभेम्बर २४ तारिख आईतबार टोकियोमा सम्पन्न पत्रकारहरु लक्षित ‘पुनर्ताजगी तथा क्षमता अभिवृद्धि अनुशिक्षण’ कार्यक्रमको समिक्षा गर्दै आगामी कार्ययोजना सम्बन्धि वृहत छलफल गरिएको छ ।

बैठक लगतै संघसंस्थाका प्रतिनिधीहरुसंग गरिएको अन्तर्क्रियामा एनआरएनएका सदस्य राजेश खनालले पत्रकार महासंघले गुन्मामा गरेको यो कार्यक्रम अरु संघसंस्थाका लागि पनि प्रेरणादायी र नमूना भएको भन्दै विभिन्न सन्चार माध्याममा आउने बिशेषत: मृत्युभएका मानिसको समाचार लेख्दा, मृत्युको प्रकृति विवरण सहितको समाचार प्रकाशन वा प्रशारण गर्दा मानवीय संवेदनशिलतालाई ध्यान दिनुपर्ने कुरामा जोड दिन सुझाए । 

नेपाली साझा समाज जापानका सल्लाहकार हरी अधिकारीले अकालमा हुने मृत्युलाई रोक्न सकिने हुँदा विद्यार्थीहरुलाई यहाँको नियम सम्बन्धी सामान्य जानकारीमा पनि समस्या रहेकोले त्यसलाई न्युनीकरण गर्नुपर्ने बताए । त्यस्तै जनसम्पर्क समिति किताकान्तोका अर्जुन सुवेदीलेले जापानको सामान्य नियम नै थाहा नहुँदा विद्यार्थीहरुलाई समस्या पर्ने गरेको भन्दै सूचनामूलक जानकारीको खाँचो रहेको औँल्याए । 

अन्तर्क्रियामा प्रतिनिधीहरुले जापानमा भिषा खुलिरहेको भनेर पैसा असुल्ने र नेपालीहरु विचल्लीमा पर्ने गरेको घटनाप्रति लक्षित गर्दै यस्ता गतिविधी रोक्न पत्रकार महासंघले आफू मातहातका मिडिया मार्फत यहाँको यथार्थाता र नियम संगत बिषयलाई जानकारी मूलक सूचना प्रवाह गर्न गराउनुपर्नेमा बिशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रम महासंघको संघसंस्था समन्वय विभागको आयोजनामा भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago