जेएमईले आईतवार छैटौं शाखा टोकियोको शिनओकुबोमा औपचारिक शुभारम्भ गर्‍यो ।

जापान । टोकियो जापान सरकारको सम्बन्धित निकायमा बिधिबत रुपले दर्ता भइ नेपालीको लगानीमा संचालित पहिले रेमिट्यॉन्स कम्पनी जापान मनि एक्सप्रेसले टोकियोको शिनओकुबोमा नयॉ शाखा बिस्तार गरेको छ । 

टोकियोमा नेपालीहरुको मुख्य ब्यापारीक केन्द्र रहेको शिनओकुबो क्षेत्रमा नै कार्यालय रहेको जेएमईले आईतवार छैटौं शाखाको औपचारिक शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल,एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट,आइसीसी सदस्य डीपी कंडेल,नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली,नेकपा जापानका नेताद्वय हवलचन्द्र लामा,बाबुराम भण्डारी,जनसम्पर्क समितिका नेता रोशन केसी,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन लगायतलेहरुले रिवन काटेर उदघाटन गर्नु भएको थियो । 

शुभारम्भ कार्यक्रममा जेएमईले जापानवाट नेपाल लगायतका बिभिन्न १२ वाट मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको जेएमईका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो । गुरुङले जापानमा नेपालीहरु सहित बिदेशीहरुको संख्या बढेसगै जेएमईले सेवा बिस्तार, फुकुओका,नागोया,चिवा लगाएत शहरवाट पनि कारोवार गर्न सकिने बताउनु भयो । जापान मनि एक्सप्रेस कम्पनी लिमिटेडले बिगत २०१० देखि नेपाल लगाएत संसारको बिभिन्न मुलुकमा बिप्रेषण सेवा उपलब्ध गराउदै आइरहेको छ । रेमिट्यान्स् कारोवारमा  सरल, सुलभ र बिस्वस्नीयता स्थापित गरि सकेको जेएमईले सन्सारका ग्लोबल ब्रान्डहरु संग सहकार्य गर्दै निकट भविष्यमा २० वटा देशमा सेवा विस्तार गर्ने उद्देश्य राखेको छ । जेएमईको अहिलेसम्म नेपाल,भारत,पाकिस्तान, बंगलादेश,फिलिपिन्स,भियतनाम,श्रीलका लगायत २० देशमा सेवा प्रवाह हुँदै आएको जनाएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago